रोशन दिप बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा जारी (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगिताको बुधबार पाचौं दिनमा भएको खेलबाट सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तरगत २ खेलबाट राम नगर युवा क्लब र फायरलाइन एफ.सी बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार पाचौं दिनमा भएको क्वाटरफाइनल अन्तरगत पहिलो खेल समाज कल्याण र राम नगर युवा क्लब बिच भएको खेल १-१ गोलको बराबरीमा सकिए पछि टाइब्रेकरमा धकेलिदा राम नगर युवा क्लबले समाज कल्याणलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो भने दोस्रो खेलमा फायरलाइन एफ.सीले मर्निङ एफ.सीलाई ३-० गोल अन्तरले पराजित सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

मंगलबार हिजो भएको क्वाटरफाइनल खेलमा बिजयी हुँदै हुप्रा र कर्णावती सेमिफाइनल प्रवेश गरेका थिए । हुप्रा सिटीले देवनगरलाई १-० गोल अन्तरले पराजित गर्दै र कर्णावतीले कालिकामाईलाई १-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्।

त्यसै गरी माघ ४ गते बिहिबार सेमिफाइनल अन्तरगत २ खेल हुनेछ भने सेमिफाइनल गेमबाट बिजयी हुने २ टिम फाइनलमा खेल्नेछ्न। पहिलो खेल दिउँसो १ बजे हुप्रा सिटी र फायरलाइन एफ.सी बिच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे कर्णावती र राम नगर युवा क्लब बिच हुनेछ।

यस अघि मंगलबार भएको क्वाटरफाइनल खेलमा बिजयी हुँदै हुप्रा र कर्णावती सेमिफाइनल प्रवेश गरेका थिए । हुप्रा सिटीले देवनगरलाई १-० गोल अन्तरले पराजित गर्दै र कर्णावतीले कालिकामाईलाई १-० गोल अन्तरले हराउँदै लगाउ सेमिफाइनलमा प्रवेश गरेका हुन्।

कर्णावती युवा क्लबको आयोजनामा भएको (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागी छन् । प्रतियोगिताको उपाधि विजेता हुने टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन् ।