हेटौंडा । नेपाल सरकारको प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य वालेन्द्र शाह (बालेन)लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
रास्वपाका सभापति रवि लामिछाने र बालेनबीचको एकताको सहमति अनुसार बालेनलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । जस अन्तर्गत बिहीबार रास्वापाक वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेपछि शुक्रबार सबैको सांसदहरुको सिफारिस गरेर बालेनले दाबी पेश गरेपछि उनलाई प्रधानमन्त्रीमा राष्ट्रिय रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । झैण्डै २ तिहाइ सिट जितेको रास्वपका बालेनको नेतृत्वमै मन्त्रीहरु नियुक्त हुनेछन् ।
गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनको कारणले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा आन्तरिम सरकार गठन गरेर मन्त्रीमण्डल गठन गरिएको थियो । जस कारण २०८४ सालमा हुनुपर्ने निर्वाचन फागुन २१ गते भएको थियो । प्रधानमन्त्रीमा नियुक्त भएका बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै झापा-५ मा निर्वाचित भएका थिए ।
प्रधानमन्त्री शाहले स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीमा,शिशिर खनाललाई परराष्ट्रमन्त्रीमा, जेनजी कमाण्डर सुदन गुरुङलाई गृहमन्त्रीमा, प्रतिभा रावललाई प्रशासन मन्त्रीमा, गणेश पौडेललाई पर्यटन मन्त्रीमा,अमरेश सिंहलाई उद्योग मन्त्रीमा
सुनिल लम्साललाई भौतिक पूर्वाधार मन्त्रीमा र गीता चौधरीलाई कृषि मन्त्रीमा नियुक्त गर्ने भएका छन् ।























प्रतिक्रिया दिनुहोस्