हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको अन्तर्गत भएको मकवानपुर जिल्लास्तरीय खुल्ला डब्ल व्याड्मिन्टन प्रतियोगिताको उपाधि हेटौंडा–५ का बीरु गुरुङ–चेतन विश्वकर्माको जोडीले जितेको छ ।
शनिबार हेटौंडा–११,थानाभ¥याङस्थित व्याड्मिन्टन एकेडेमीको कर्भड हलमा सम्पन्न भएको प्रतियोगिताको उपाधि गुरुङ र विश्वकर्माको जोडीले जितेका हुन् । यस्तै, हेटौंडा–१० का राम थापा मगर–महेश बोहोराको जोडी उपविजेत बनेका छन् । हेटौंडा–५ का अजय बजागाईं–हेटौंडा–११ का नितिन थापा तेस्रो हुँदा भीमफेदी गाउँपालिकाका भोजराज जोशी–सुमन अर्यालको जोडी सान्त्वना भएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका बीरु गुरुङले नगद २ हजार रुपैयाँसहित मेडल तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको उपाधि विजेता, उपविजेता, तेस्रो र सान्त्वना हुनेहरुले क्रमशः२० हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
उनीहरुलाई हेटौंडा–१०,स्थित टिसीएन चौरको महोत्सवमा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुदका अध्यक्ष राजकुमार मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललितबहादुर घलान पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले पुरस्कार प्रदान गरेका थिए । महोत्सवमा अन्य कराँते, तेक्वान्दो भलिबल लगायतका खेलहरु सञ्चालन हुनेछ । मकवानपुर जिल्ला व्याड्मिन्टन संघको सहकार्यमा शुक्रबार सुरु भएर शनिबार प्रतियोगिता सम्पन्न भएको हो ।
















प्रतिक्रिया दिनुहोस्