
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले हटाएपछि आन्दोलन चर्किएको छ ।
देशका बिभिन्न स्थानमा सरकार बिरुद्ध नाराबाजी सहित कुलमानको सर्मथनमा आन्दोलन हुन सूरु गरेको छ ।
हेटौंडामा पनि नेकपा माओवादी केन्द्रले पनि कुलमान जस्तो व्यक्तीलाई हटाइयो भन्दै बिरोध भएको हो ।
सोहीक्रममा नेकपा माओवादी केन्द्रको भातृ संगठन बाइसिएल र अखिल क्रान्तिकारी मकवानपुर संयुक्त आयोजनामा मंगलबार टुकी बालेर विरोध र्याली निकालेको हो ।
कुुलमानलाई हटाएकोमा विरोध गर्दै हेटौंडाको सिमा चोकबाट टुुकी बालेर सरकार विरोधी नारा लगाउद हेटौंडा बजार परिक्रमा गरेका थिए ।
कुलमानकोे पुर्नबहालीको माग गर्दै प्रर्दशनकारीले सरकारको राजीनामा मागे गर्दैप्रधानमन्त्री केपी ओली र उर्जा मन्त्री दीपक खड्का बिरुद्ध नारा लगाएका हुन्
प्रतिक्रिया दिनुहोस्