मकवानपुरको मनहरी गाँउपालिका ६ स्थित करिब २८ वर्षीया टीना घलानको उपचारका लागि ‘सेवा, सहयोग र आवाजमा हामी’ का अध्यक्ष विशालराज महतले महतले पहल गरेका छन्।
विगत डेढ वर्षदेखि स्वयम हिड्डुल गनृ नसक्ने अवस्थामा परेकी घलानको काठमाडौं स्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।
टीनालाई उपचारका लागि वीर लगिएसंगै अवस्थाबारे जानकारी लिन महत काठमाडौँ पुगेका छन्।
घाँटीको नशा च्यापिएर विदेशबाट उपचार गर्न नेपाल फर्केकी टीनाको अपरेसन सफल नभएपछि शरीरको कुनै भाग नचल्ने भएर ओच्छ्यान परेकी थिइन् ।
गएको चैत्र ६ गते बिर अस्पताल लगिएको टिनाको अवस्थाबारे जानकारी लिन पुगे संगै महतले टिनाको भाइसंग कुराकानी गर्दै
सहजीकरण समेत गरिदिएका हुन् ।
सोही क्रममा काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हेटौंडा घर भएका विष्णु फुँयालले पनि उपचारक्रममा लागि सहज बनाउन आफ्नो तर्फबाट सहजीकरणमा तत्पर रहने बताए ।
घरपरिवारले उनको उपचारका लागि १५ लाख खर्च गरिसकेको र पैसा सकिएपछि उनलाई घरमै राखिएको घलानको मामा सन्तबहादुरले बताएपछि केही सहयोग गर्ने सोचले कदम चलाइएको महतले बताएका हुन् ।
आर्थिक अवस्था समेत निकै नाजुक रहेकाले उपचारमा सहयोग गरिदिन अपिल गरिएकाले पहल गरेको र सहयोग गरिदिन महतले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्