हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा दोश्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

बुधबार वडा कार्यालय परिसरमा पत्रकार सम्मेलनमार्फत आगामी माघ ११ र १२ गते प्रदर्शनी कार्यक्रम गरिने भएको जानकारी गराइएको हो ।
उपमहानगर भित्रका सबै वडाहरुका हस्तकला, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री गरिने र निःशुल्क १ सय स्टल राखिने वडाध्यक्ष फूर्वा दोर्जे तामाङ्गले बताए।

स्थानीय उत्पादित वस्तुको प्रबद्र्धन, बजारीकरण गर्नका लागि उत्प्रेरित गराउन कार्यक्रमको आयोजना गर्न लागिएको बताएका हुन् ।
अनुमानित १० लाख खर्च हुने अनुमान रहेको प्रदर्शनीमा स्थानीय जातजातिको भेषभुषा र सँस्कृति झल्किने बिबिध साँस्कृतिक प्रतियोगिता र कार्यक्रमहरु समेत गरिने बताए ।

जातीय भेषभुषा, कला संस्कृति पहिचान भल्कने गरि नृत्य प्रतियोगिता समेत राखिएको र प्रतियोगितामा प्रथमलाई ५० हजार, द्धितीयलाई ३५ हजार, तृतीयलाई २० हजार र सान्त्वना वापत चार समूहलाई ५ ५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिए ।

कार्यक्रमका लागि ५७ सदस्यीय मूल समिति र ६ वटा उपसमितिहरु गठन गरिएको वडाध्यक्ष तामाङ्गले ले बताएका हुन् ।
पत्रकार सम्मेलनमा, कार्यपालिका सदस्य साधना श्रेष्ठ, वडा सदस्यहरु ईश्वर मैनाली, विमल लामा, वडा सचिव रामप्रसाद तिमल्सिना सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो