प्रदेस खेलकुद बिकास परिषद बागमती प्रदेशद्धारा बागमती प्रदेश जुडो संघले प्रमाण पत्र पाएको छ ।
हेटौंडामा गएको २०८० चैत्र १७ गते भएको संघको प्रथम साधारण सभाले हेटौंडाका मदन उप्रेतीको नेतृत्वमा ११ सदस्य चयन भएको संघले परिषदको तर्फबाट प्रमाण पत्र पाएको हो ।
खेलकुद बिकास परिषद कार्यालय प्रमुख सुर्य बहादुर दहालले संघका अध्यक्ष मदन उप्रेतीलाई हस्तानतरण गरेका हुन् ।
प्रमाण पत्र ग्रहण गर्दै परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी प्रति निकै आभारी रहेको उप्रेती बताए ।

संघमा अध्यक्षमा उप्रती सहित उपाध्यक्षमा नुवाकोटकी राधिका देबी पौडेल, रामेछापका लाल बहादुर थापा मगर, सचिवमा काठमाडौंका राजिव प्रधान, कोषाध्यक्षमा काभ्रेकी दिवा कायस्त छन् ।
समितिको सदस्यहरुमा धादिङका स्वागत सिलवाल, ललितपुरकी पुजा रेग्मी महत, काभ्रेका सौरभ राज कायस्त, भक्तपुरका राजाराम वासी,रसुवाका राजकुमार डङ्गोल, काठमाडौंकी आकृति जोशी छन् ।