हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडा १० भुटनदेवि मन्दिर जाने बाटामा रहेको नारायणी कलेज, तुलसी मेहरले २०८१ मा नयाँ भर्ना हुन आएका विद्यार्थीहरूलाई स्वागत, गर्दै अभिभावकहरुसंग शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
विद्यालयका प्रिन्सीपल रघुनाथ खरालको सभाध्यक्षतामा विद्यार्थीहरूलाई स्वागत गर्दै बिभिन्न बिद्यामा विद्यार्थीहरुलाई मेडल, पुरस्कार वितरण तथा सम्मान गरेको हो ।
गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता गराउदै आउदा दिनमा अझ स्तरिय शिक्षा प्रदान गरिने कलेजका प्रिन्सीपल रघुनाथ खरालले बताए ।
शैक्षिक क्षेत्रमा योगदान दिएर अनुभवी शिक्षकहरुद्धारा शिक्षा प्रदान गरिदै आएको शिक्षाका क्षेत्रमा भरपर्दो नारायणी कलेज, भएको प्रिन्सीपल रघुनाथ खरालले बताए ।

सुविधा सम्पन्न भौतिकपूर्वाधार, प्रोजेक्टरका माध्यमबाट पनि अध्यापन गराइदै ,अत्याधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगसालाको व्यवस्था, विपन्न तथा जेहन्दार विद्यार्थीहरुकालागि छात्रवृतिको व्यवस्था, शैक्षिक भ्रमण र अवलोकनको व्यवस्था, होस्टेलको व्यवस्था देखि खेलकुद कार्यक्रम गरिरहेको बताए ।

हेटौंडा भित्र हर्नामाडी,हटिया, कमाने, पदमपोखरी, सिमेन्टरोड लगायतको रुटमा यातायातको सुविधा सहित पठन पाठन गराउदै आएको प्रिन्सीपल खरालले बताए ।
बिद्यार्थीहरुलाई बधाई र सफलताको शुभकामना दिदै नतिजा अबका दिनमा जिपिए कम आउनेहरुले पनि नतिजा कस्तो आयो भन्ने तर्फ होइन अब अतिनै राम्रो गर्छु भन्ने सोच सहित अघि बढ्नुपर्ने बताए ।

अंक कै आधारमा शिक्षाबाट बञ्चित गर्नु भन्दापनि शैक्षिक यात्रालाई अघिबढाउदै बिद्यार्थीहरुको भविष्य सूनिश्चित गर्ने अभियानमा कलेज रहेको र विद्यार्थीको मनोभावाना अनुसार शिक्षा प्रदान गरिदै आएको बताए ।