बागमती प्रदेश स्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरमा जैशिदेवल युथ क्लवद्धारा आयोजितल तेक्वान्दो प्रतियोगितामा हेटौंडा उपमहानगरले एक स्वर्ण, २ रजत र २ कास्य हात पारेको छ ।

हेटौंडा उपमहानगरबाट प्रतिनिधित्व गर्दै २३, २६ केजी तौल समूहमा भएको प्रतियोगितामा कृशिका क्षेत्रीले स्वर्ण जित्न सफल भएकी हुन् ।
त्यस्तैगरि ३२, ३५ केजी तौल समूहमा माधुरी घलान ४६, ५० केजीमा अनिषा बिकले रजत जित्न हात परेकी हुन् ।

२६–२९ केजी तौल समूहमा तर्फ शितल बर्तौंला २८, ३१ केजी तौल समूहमा कृष थिङले कास्य जित्न सफल भएकी हुन् ।

माघ २५ गतेदेखि २७ गतेसम्म काठमाडैँ सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा प्रतियोगिता सम्पन्न भएको मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिएका छन् ।

अध्यक्ष बज्राचार्यले जानकारी दिए अनुसार समुह प्रशिक्षक बिक्रम लामिछने र मेनेजर रबिन्द्र डङ्गोलको नेतृत्वमा हेटौंडा उपमहानगरबाट प्रतिनिधित्व गर्दै २० जना खेलाडी प्रतियोगिताका लागि गएका हुन् ।