
मकवनपुर जिल्ला फुटबल संघको आयोजनामा एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता २०८० को आयोजना हुने भएको छ ।
हेटौंडा -१० भुटनदेवि मन्दिर जाने बाटोमा रहेको नारायणी कलेज, तुल्सिमेहर माद्यामिक विद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै मकवानपुर जिल्ला भित्रका आधिकारिक स्थाइ बसोबास गर्ने खेलाडि तथा क्लवहरुले सहभागी जनउन पाउने गरि प्रतियोगिता गर्न लागिएको जानकारी गराइएको हो ।
करिब ४ लाख ८५ हजार लागत अनुमान गरिएको प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद परिषद् र नारायणी कलेज हेटौडाको सहयोग रहेको नारायणी कलेजको समेत सहकार्य गरेको प्रिन्सिपल रघुनाथ खरालले बताएका छन् ।
आयोजित प्रतियोगिता मंसिर २३ गते देखि सूरु हुने छ ।
हेटौंडा –५ को पिप्ले–क्याम्पा रंगशालामा हुने खेलमा १२ वटा टिमको सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेता र उपविजेताले शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
फाइनल खेल मंसिर ३० गते हुने छ ।
मकवनपुर जिल्ला फुटबल संघ
(फिफा र ए.एफ.सि. बाट मान्यता प्राप्त)
एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता २०८० प्रतियोगिता नियमावली
१. प्रतियोगितामा सहभागी हुन मकवानपुर जिल्ला भित्रका आधिकारिक स्थाइ बसोबास गर्ने खेलाडि तथा क्लवहरुले मात्र पाउने छन् । साथै दर्ता हुने क्लवको प्यानन तथा आ.व. २०७२/८० को कर चुक्ता सहित क्लबको विधान सहित आयोजकलाई पेश गर्नुपर्ने छ ।
प्रतियोगितामा सहभागी हुन टिम दर्ता स्वरुपरु ७ हजार मकवानपुर जिल्ला फुटबल संघको नेपाल बैकमा रहेको खाता नदाखिला गरेको भौचर बुझाउनु पर्नेछ ।
३. प्रतियोगिताको उत्कृष्ट फाईन लिस्ट टिमहरु मकवानपुर जिल्लाको A क्वालिफाइड हुदै अर्को वर्ष हुने जिल्ला लिगमा समाबेस हुने
छन्।
४. प्रतियोगिता २०८० मंसिर २३ गते देखि हेटौंडामा हुनेछ ।
५. प्रतियोगिता सहभागि हुन प्रत्येक क्लबले बढीमा २२ जना खेलाडी टिम प्रशिक्षक र व्यवस्थापक गरि २५ जनाको आवश्यक कागजात सहित खेलाडि दर्ता गर्नुपर्नेछ ।
६. प्रतियोगिताको फाइनलमा पुगेका दुई टिमका खेलाडिहरुले मकवानपुरको पहिलो रेलिगेटेड जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
७. प्रतियोगितामा सहभागी हुन मकवानपुरका स्थाइ वासि खेलाडि तथा क्लवले यहि मिति २०८० मंसिर १९ गते भित्र आ आफ्नो फोटो नागरिता वा भोटिङ कार्ड वा जन्मदर्ताको फोटोकपी सहित फारम भरि टिम दर्ता गर्नुपर्ने छ र खेल तालिका मंसिर २० गते दिनको ३:00 बजे प्रकासन हुनेछ ।
८. खेलको सर्वाधिकार निर्णायक र आयोजक समितिमा रहने छ । रेफ्रिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
९. खल सम्बन्धि अन्य जानकारीका लागि कार्यक्रम संयोजक आलोक स्याङ्तान ( ९८५५०१०४९०) र मकवानपुर जिल्ला फुटबल संघको फेसबुक पेजमा सम्पर्क गर्नुहोला ।
१०. प्रतियोगिता फिफा नियम अनुसार सन्चालनहुनेछ ।
११. प्रतियोगितामा हरेक दिन म्यान अफ द म्याच तथा समापन समारोहमा विधागत खेलाडीहरुलाइ पुरस्कृत गरिनेछ ।
१२. प्रतियोगिता अवधि भरको खेलाडिहरुको सामुहिक विमा जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा रु. ५ लाख सम्मको गरियको छ । तर गम्भीर चोट पटक आदि भयमा खेलाडि स्वयम तथा सम्बन्धित चलव जिम्मेवारी हुनेछन् ।
१३. कुनै टिम वा खेलाडि विरुद्ध प्रोटेस्ट गर्नुप रेमा खेलसकियको १ घन्टा भित्र नगद रु. ५ हजार शुल्क तिरी आयोजक समक्ष निवेदन पेश गर्नुपर्ने छ ।
१४ प्रतियोगितामा गत सिजन नेपालको हाल राष्ट्रिय टिममा रहेका सिनियर खेलाडि र A डिभिजन लिग खेलेका खेलाडीहरुले सहभागी जनाउन पाउने छैन तर विभिन्न उमेर समुहमा खेलेका मकवानपुरे खेलाडि भने सहभागी हुन सको छन् ।
१५. खेल क्रममा बिबिध कारणले खेल रोकियमा अर्को समयमा बाकि रहेको समयमा नै सोही नतिझामा खेल सन्चालन हुने
छ ।
१६. खेल नियम भन्दा अभद्र र अस्वभाविक ढङ्गले प्रस्तुत हुने खेलाडि तथा क्लवलाइ कडा कार्बाहि हुने छ।
प्रतिक्रिया दिनुहोस्