हिन्दु धर्मालम्बीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैंको सुरुवात भएको छ ।

हिन्दु धार्मिक ग्रन्थ अनुसार आइताबार देखि नवरात्र प्रारम्भ भई नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ सुरु भएको मानिन्छ भने बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु पर्ने समितिले जनाएको छ।

पहिलो दिन घर घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापना सहित घटस्थापना गरिन्छ भने आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइदै आइएको चलन छ ।

विशेष गरि यही दशैमा मिठो खाने र राम्रो लगाउने सपना बुन्नेहरुले पनि ताक्ने गरेको बजारमा रहेका खाद्यन्न पसल, कस्मेटिक, जुत्ता चप्पल र कपडाका पसलहरुमा घुइचो हुने दिन मानिन्छ ।

यसैक्रममा हेटौंडा बजार क्षेत्रका व्यवसायीहरुले  उत्साहजनक ग्राहक नपाएको बताएका छन् ।

बिगतको दिनलाइ स्मरण गर्दै घटस्थापना सुरु हुनु भन्दा १५ दिन अघिनै ग्राहकहरुले भिड हुने गरेको भएतापनि अहिले ग्राहक पाउन मुस्किल अवस्था रहेको व्यवसायीहरुले बताएका छन् ।

देशमा चलृको आर्थिक मन्दी, बैंकंको व्याजमा वृद्धि, किस्ता तिर्ने समय नथपिनु अनि दशैंको माहोल जस्तो नै नबन्नुले व्यवसायमाथि चुनौतीहरु थपिएर दुर्भाग्य बन्यो भन्दै गुनासो पोखि रहेका हुन् ।

व्यवसायीहरु भन्छन् ” दशैंको सुरुवात ? अहिले सम्म त दशै आइपुग्न लाग्यो जस्तो लागेकै छैन ! समान हालौं. के हुनेहो थाहा छैन । सडक बिस्तारको अन्यौल । बैंकको व्याज किस्ताको चपेटा अनि ग्रहाको चहलपहल कम ।  बिगतमा त धै पहिला देखिनै घुइचो हुने बजार खाली, निराशा जनक भएको छ । ग्राहक कुरिरहेका छौं ।  केही होलाकी भन्ने आश छ । “