हेटौंडा उपमहानगरपालिका १२ सिक्रेनीका ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएको अघटना अहिले देशव्यापी चासो बनिरहेको छ ।

गत बुधबार हेटौंडा –१ सन्चो अस्पतालका डा.विकास थापा र प्रशान्त बिडारीमाथि प्रधानको मृत्यु भएको घटनामा अस्पताल पक्षको गल्तीले पिडित बनाएको भन्दै २ जना डाक्टरलाई कुटपिट भयो।

सोही घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मीलाई विरामीको मृत्युको कारण भनेर अस्पतालभित्रै कुटपिट भएको भन्दै बिरोध जनाइरहेका छन् ।

हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सक सहित स्वास्थकर्मिले सामुहिक राजीनामा दिएका छन् ।

अस्पतालमा कार्यरत डाक्टरमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनालाई केन्द्रीत गदै आन्दोलनको नामले आपत्कालीन बाहेकका स्वास्थ्य सेवा दिन नसक्ने अवस्थामा परेको भन्दै सेवा नै बन्द गरेका छन् ।

घटनामा प्रहरी प्रशासनले केही नगर्ने भएपछि सुरक्षित नभएको अनुभूत भएको र आपत्कालीन बाहेकका स्वास्थ्य सेवा दिन नसक्ने अवस्थामा परेको स्वास्थ्यकर्मीहरुले बताईरहेका छन् ।

नेपाल चिकित्सक संघले दवाव सृजना गरेपछि शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको उपचार ठप्प भएको हो ।

हेटौंडा अस्पतालमा दैनिकी २ हजार बिरामीले ओपीडीबाट सेवा लिदै आएको अवस्थाबाट बञ्चित हुदा बिरामीहरु मर्कामा परेका छन् ।

उपचारका लागि ओपिडि सेवा लिन आएका बिरामीहरुले भने  “सेवामा खटिने डाक्टर कुटिनु हुदैन थियो तर, कुटिए यसमा दुखी छौं ।कसैको जिवन रक्षाको जिम्मा लिएर भगवानको उपनाम पाएकाहरुले नै आन्दोलनको नममा स्वास्थ्य सेवा यसरी ठप्प पार्नु पनि त गलत होला नि ?”घटना घटिसक्यो अब यसलाई अतिरञ्जित गर्नु भन्दा पनि कारण सम्म पुगेर समाधान गरियोस् । मृतकका परिवारपनि पिडामा छन् । घटजन घट्नुको कारण र समाधानको प्रक्रिगामा गएर सेवा सूचारु हुनु पर्छ । हजारौंलाई  दुख दिएपछि यसलाई राईट कसरी भन्ने? सरकारी अस्पतालमा आन्दोलन बिरामी सेवाबाट बञ्चित बिरोध हो कि जाल ? बुझ्न सकिएन ।”

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर विभिन्न २५ अत्यावश्यक सेवा नागरिकसँग जोडिएका संवेदनशीलता भएकाले कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न सरकारले निषेध गरेको छ ।

यसै मध्य अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, एम्बुलेन्स जस्ता सेवा, औषधी निर्माण पनि पर्छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर हड्ताल गर्न नपाउने आदेश जारी गरेपनि यसको उल्लंघन गर्दै देशभरका अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

संघले कुटपिट गर्नेलाई तत्काल कारवाही गर्न त भनेको नै थियो, विषयको अनुसन्धान अघि बढाउने निश्चित समय हुदाहुदै अल्टिमेटम दिँदै सेवा बन्द !

डाक्टर कुटिएको घटना खेदजनक भन्दै छन् तर, अस्पतालमा आकस्मिक वाहेकका सम्पूर्ण सेवाहरु ठप्प पार्नु पनि गल्ती हो भन्ने तर्फ ध्यान जान सकेको छैन ।

अस्पतल पक्षबाट भएको गलत होस या चिकित्सक र स्वास्थ्यकर्मी माथिको दुव्र्यवहार, अस्पताल तोडफोड र पैसाको मोलमोलाई, हुलदंगामा उत्रिने जोकोहीलाई पनि कानुनी कार्वाहीमा ल्याउनु पर्छ । यो गम्भिर विषय बनेको छ ।