नयाँ वर्ष अर्थात आज बैशाख १ गते नेपाली चलचित्र ‘बुलाकी’, ‘, ‘जारी’ र बिहे पास’ को भिडन्त भयो ।
जारी’को बम्पर ओपनिङसँगै यो बर्ष प्रतिक्षित निकै नेपाली फिल्महरु रिलिजका लागि तयार भइरहेकाले वि.सं २०८० सुखद हुनेलक्षण देखिएको छ ।
नेपाली चलचित्र ‘बुलाकी’ र ‘जारी’ र बिहे पास को भिडन्तमा ‘जारी’ र बिहे पासले राम्रै दर्शक पाएको छ ।
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य अभिनय रहेको विहे पास र जारीमा दयाहाङ र मिरुना मगर मुख्य पात्र हुन् ।
‘बुलाकी’ र ‘जारी’को प्रर्दशन मिति र कथासार समेत एउटै भएको चर्चा चलेसंगै आजबाट रिलिजमा आएको ‘जारी’ले बक्स अफिसमा तहल्कानै मच्चायो ।
हेटौंडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हल हेटौडामा नयाँ वर्ष बैसाख १ गते देखि ‘एकसाथ प्रदर्शन भइरहदा दुबै चलचित्र दर्शकको रोजाइमा पर्यो । दुबै तर्फ दयाहाङकै अभिनितमा दर्शक कोचाकोच छन् ।
यसै चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने र धमामधम टिकट बुकिङ्ग भईरहेको संयोजक किशोर राज पौडेलले बताए।आफ्नो परिवारको साथमा चलचित्र हेर्नको लागि एनएस सिनेमा हलको संपर्क नम्बर 057520949 मा अग्रिम टिकट बुकिङ्ग गर्न सकिने संयोजक पौडेलले बताए ।
……………………..














प्रतिक्रिया दिनुहोस्