यस वर्ष एसइई उर्तिण गरेर बसेका विद्यार्थीहरुका लागि विभिन्न कक्षा ११ मा भर्नाका लागि सामुदायिक देखि बिभिन्न कलेजहरुले भर्ना खुल्ला गराएका छन् ।

भर्ना खुला गरिएसंगै दिवा बिहानी कक्षा संचालन गर्ने र न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने समेत जनाइरहेका छन् ।

विगतमा शिक्षा संकायमा मात्रै अध्यापन गराउँदै आएको  यसै बर्षदेखि बहुमुखी क्याम्पसको रुपमा परिणत भएको हेटौंडा उपमहानगर–४ स्थित हेटौंडा क्याम्पसले पनि शिक्षा क्षेत्रमा गरेका काम र अवका दिनमा प्रदान गरिने शिक्षाका विषयमा जानकारी गराइृरहेको छ।

क्यामपसले जानकार िगराए अनुसार गएकोवर्ष एम.एडमा ८४.६१ प्रतिशत नतिजा ल्याउँदै नेपाल प्रथम भएको क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरमा परेर (क्यूएए) प्राप्त गर्ने चरणमा रहेको छ ।

विद्यार्थीहरुलाई न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरिने व्यवस्था गरिएको हो ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ मा रहेको हेटौंडा क्याम्पसले पनि शैक्षिक क्षेत्रमा तीव्र गतिमा प्रगति गर्दै गत बर्षदेखि बहुमुखी क्याम्पसको रुपमा परिणत भएको अनुशासन र प्रविधिमैत्री वातावरणमा शिक्षण सिकाई क्रियाकलापलाई अब्बल बनाउँदै आएको क्याम्पस प्रमुख डा.देवचन्द्र मानन्धरले बताएका छन् ।

रातो समाचारको कुराकानीमा बोल्दै शिक्षाशास्त्र विषयको अध्यापन थालनी गर्न बि.स.२०४५ सालमा स्थापित क्याम्पस २०४७ सालबाट हेटौंडा क्याम्पसमा रूपान्तरण भएको क्याम्पसमा २०७२ फागुन ३ गते प्रमुखको जिम्मेवारी लिएका डा. देवचन्द्र मानन्धरले यस्तो बताएका हुन् ।

विगतमा शिक्षा संकायमा मात्रै अध्यापन गराउँदै क्याम्पसले अब अन्य शंकायहरुमा पनि अध्यापन गराउने भएको क्याम्पस प्रमुख मानन्धरले बताए ।

गत वर्ष मात्रै विभिन्न तहका ३सय २७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान समेत गरिएको बताउदै पर्याप्त सुविधाहरूको विकास गरि विश्वविद्यालय तहसम्म क्याम्पसलाई पुर्याइने लगायत बिभिन्न अवधारारण सहित अघि बढिएको क्याम्प्स प्रमुख मानन्धर बताउछन् ।

सामुहिक नेतृत्वमा काम गरि सोही अवधारणा अनुसारै प्रगतीमा गएको क्याम्पसमा शिक्षाशास्त्र संकाय मात्रै अध्यापन गराउँदै आएको र बिद्यार्थीहरुको माग चाहाना अनुसारै गत वर्षबाट अन्य शंकायहरुमा पनि अध्यापन सुरु गरेको जानकारी दिए ।

हाल वाणिज्य र मानविकी संकायमा पनि अध्यापन हुँदै आएको रआगामी शैक्षिक सत्रबाट प्राविधिक विषय सहित बि.आइ.सि.टी.इ. बि.बि.ए., बि.एस.डक्ल्यू, र ब्याचलर इन ल लगायत विषय अध्यापन गराउने तयारी समेत भइरहेको प्रमुख देवचन्द्र मानन्धरले बताए ।

…………………………..

अरुकै जग्गा देखि आफ्नै भवनमा

अरुकै जग्गा भूटनदेवी उच्च माध्यमिक विद्यालयको परिसरमा रहेकोे क्याम्प्स १५ बर्षसम्म गरेको संघर्षपछि हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१६ मा २ कठ्ठा जग्गा खरिद समेत गरेको छ ।

भवन निर्माणका लागि निर्माण प्रक्रिया अघि बढाइएको र विश्व विद्यालय अनुदान आयोगबाट ३ करोड रुपैयाँ विनियोजन भइसकेको प्रमुख मानन्धरले बताए ।

कूल ६ करोड रुपैयाँ लागत अनुमान गरिएको भवनको डिपिआर तयार भइसकेको अवसथामा हेटौंडा उपमहानगरपालिकाबाट भवन इजाजतपत्र प्राप्त भइसकेको र भवन निर्माणपश्चात क्याम्पसले प्राविधिक विषय अध्यापन गराउने समेत बताए ।

४० जना क्षमताको अत्याधुनिक सेमिनार हल र १८० जना क्षमताको अडिटोरियम हल निर्माण सम्पन्न गरिसकेको छ । क्याम्पस परिसरमा नै ५ तले भवन निर्माणका लागि डिपिआर तयार भइसकेको र बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट कूल ७ करोड लागत अनुमानमा भवन निर्माणको कार्य अघि बढाइएको क्याम्पस प्रमुख मानन्धरले बताएका हुन् ।

प्लस टु, ब्याचलर र मास्टर्समा गरी हाल २ हजार ६सय विद्यार्थी अध्ययनरत रहे संगै कूल संख्याको ४० प्रतिशतभन्दा बढी बिभिन्न छिमेकी जिल्लाका रहेका छन् । क्याम्पसले विहान ब्याचलर, दिउँसो प्लस टु र साँझ मास्टर्स तहको अध्यापन गराउँदै आएको बताए ।

प्रमुख माननधर भन्छन्  “हालै एस इइ उत्तिर्ण हुने बिद्यार्थीहरुलाई बधाई अनि हार्दिक शुभकामना ।कसैको चाहाना, भनाई र अनुरोधमा नभएर आफुले सक्ने, चाहाना भएको आफ्नो भिजन अनुसार नै अगाडी बढाउन सक्ने गरि विषय छाननुस् । अत्याधिक अंक आएको विषय भन्दापनि बिद्यार्थीहरुलाई चाहाना अनुसारको विषयमा पढ्ने बातावरण मिलाउन अभिभावकहरुमा पनि अनुरोध छ ।”