रोशन दिप – आन्तरिक मामिला तथा कानून मन्त्रालय सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्धारा प्रकाशित दुई पुस्तक सार्वजनिक गरिएको छ ।

नेपालको इतिहासमा पत्रकारिताको स्मरण गराउदै विगत र अहिले प्रविधिसँग जोडिएका कुरालाई मध्यनजर गर्दै प्रकाशन गरिएको “उहिलेको पत्रकारिता” र  “डिजिटल साक्षरता” नामक दुई पुस्तक विमोचन गरिएको हो ।

प्रकाशित पुस्तक आइतबार बिमोचन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले पुस्तकले  प्रविधिसँग जोडिन डिजिटल साक्षरता पुस्तकले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

उक्त पुस्तकमा वेवसाइट, डोमेन नेम, सर्च इन्जिन, सामाजिक सञ्जाल, भियोडी र ओटिटी प्लेटफर्म, इकमर्स, डिजिटल बैंकिङ, विटक्वाइन र क्रिप्टोकरेन्सी, साइबर अपराध र सुरक्षा, साइबर हमला, ह्याकिङ र क्रयाकिङका बारेमा जानकारी पाइने सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले बताए ।

पुस्तकमा समेटिएका जेष्ठ पत्रकार पत्रकारितामा परेका भोगाई, पत्रकारिताको अभ्यास, चुनौती र संघर्ष कथा पुस्तकमा समेटिएको बताएका छन् ।

नेपालको इतिहासमा पहिलो पटक सरकारीतहबाट जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरणको सुरुवात गरिएको “डिजिटल साक्षरता”  र “उहिलेको पत्रकारिता” मा  पत्रकारका ज्ञान,सीप र अनुभव नयाँ पुस्ताका पत्रकार र विद्यार्थीहरुका लागि  महत्वपुर्ण हुने बताएका हुन् ।

पुस्तकमा इन्टरनेट अधिकार, कानून, बौद्धिक सम्पति, प्रतिलिपि अधिकार, पब्लिक डोमेन, इन्टरनेट गोपनियता, फेक न्यूज र डिजिटल साक्षरताका बारेमा जानकारी मूलक सामग्री समेटिएको छ ।

 

………………….