पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको हो। त्यसैगरी तीन हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण देखिएको छ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन परीक्षणबाट शुक्रबार कोरोना पुष्टि हुनेको सङ्ख्या ५१ रहेको छ। २४ घण्टामा मृत्यु शून्य छ भने ३९२ जनाले कोरोना जितेका छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९६ छ।
मन्त्रालयका अनुसार शुक्रबार २४ घण्टामा २९ हजार ३९० जनाले खोप लगाएका छन्।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो



















प्रतिक्रिया दिनुहोस्