- वाग्मती प्रदेशमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्माण गरिरहेको १० वटा शीतभण्डारमध्ये आठ वटा आगामी साउनको तेस्रो सातादेखि सञ्चालनमा आउने भएका छन् । आठ भण्डारको भौतिक निर्माण कार्य सकिएको र मेसिन जडानको काम भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा सरोज पाण्डेले जानकारी दिए । उनले सहकारी संस्था र निजी क्षेत्रसँगको सहकार्यमा मन्त्रालयले शीत भण्डार निर्माणको काम अगाडि बढाएको बताए । चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ–७, रसुवाको कालिका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसाङ्खुपाखर–७, दोलखाको जिरी–५, रामेछापको मन्थली र विदुरमा शीत भण्डार निर्माण भइरहेको छ । ५ र नुवाकोटको बेलकोटगढी–१० । मन्त्रालयले रु ९७ करोड ८३ लाखको लागतमा १० वटा शीत भण्डार निर्माण गरिरहेको छ । —–रासस



















प्रतिक्रिया दिनुहोस्