रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा शनिबार सञ्चाकर्मी तथा कवि राजु स्याङ्तानको ‘ओ पेङदोर्जे’ कविता संग्रह वाचन हुने भएको छ ।

असार २३ गते शनिबार वाचन हुने कविता नेपाल तामाङ घेदुङ बाग्मती प्रदेश तथा जिल्ला समितिको आयोजनामा हुने भएको हो ।

मधेस प्रदेश तराईका विभिन्न जिल्लामा कविता संग्रहमाथिको छलफल र वाचनपश्चात् हेटौडामा पनि वाचन हुने भनिएको कार्यक्रम तयारीको अन्तिम चरणमा पुगेको मंगलबार गरिएको पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएका छन् ।

सम्मेलन मार्फत घेदुङ प्रदेश अध्यक्ष लिलाकुमार घलानबाट प्राप्त जानकारी अनुसार सांगीतिक शैलीमा वाचन हुने सो कार्यक्रमको पहिलो चरणमा कविता संग्रहमाथि चर्चा हुने बताइएको छ भने दोस्रो चरणमा कविता वाचन गर्ने गरी तयारी हुनेछ ।