हेटौंडा उपमहानरमा बागमती प्रदेश स्तरीय दुई महिने सांकेतिक भाषा दोभाषे तालिम पश्चात अन्तिम मुल्यांकन परीक्षा सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा राष्ट्रिय बहिरा महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा सांकेतिक भाषा दोभाषे तालिम पश्चात अन्तिम मुल्यांकन परीक्षा सम्पन्न भएको हो ।

ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको भवनमा भएको दुई महिने आवासीय भाषा तालिममा बागमती प्रदेश भरिका २५ जनाको सहभागीता रहेको राष्ट्रिय अपांग महासंघका सदस्य कृष्ण गजुरेलले बताए ।
तालिम अवधी भर प्रशिक्षार्थीहरुलाई ४ जना सांकेतिक भाषा दोभाषे प्रशिक्षकहरुले सहजीकरण गरेको र दोभाषे प्रशिक्षक सीता पौडेल रहेको बताए ।

यहि शुक्रबार कार्यक्रमको समापन गरिने र बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने राष्ट्रिय बहिरा महासंघ नेपाल बागमती प्रदेशकी अध्यक्ष विष्णु कुमारी पौडेलले बताइन् ।