हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपगाउँमा चट्याङ लागेर ५० बाख्राको मृत्यु भएको छ । घटनामा एक व्यक्ति सामान्य घाइते भएका छन् भने अन्य केही गाईवस्तुको मृत्यु भएको छ । सार्केगाड गाउँपालिका–२ का वडाध्यक्ष सिद्ध कार्कीले चरनका लागि चरन जग्गामा गाईवस्तु आएको बताए । वडा अध्यक्ष कार्कीले बसोबास क्षेत्रभन्दा चर्ने जग्गा धेरै टाढा भएकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।रासस