बिना पूर्वाधार र तयारी बिना शिलान्यास गरिएका आधारभूत अस्पतालको निर्माण कार्य भने सुस्त देखिएको छ । सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको दुई वर्ष बिते पनि हालसम्म करिब ६० प्रतिशत अस्पताल अझै प्रक्रियामा आएका छैनन् ।
वि.सं. २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकै पटक दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यसहित आधारभूत अस्पताल शिलान्यास गर्नुभएको थियो । सोही दिन सातै प्रदेशमा एक एक वटा सरुवा रोग अस्पताल निर्माण गर्ने भनेर प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभयाे ।
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले राखिएकाे थियाे । पाँच शैय्याको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैय्याको अस्पतालका लागि दुई जना मेडिकल अफिसरसहित १६ जना र १५ शैय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ जना स्वास्थ्यकर्मी खटिने स्वास्थ्य मन्त्रालयले जनाएको थियाे ।
ती अस्पतालबाट आधारभूत उपचार स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहिको सेवा प्रदान गर्ने सरकारको दाबी छ । ३९६ स्थानीय तहमा भवन निर्माणका लागि ६ अर्ब १२ करोड र उपकरण जडानको लागि ५८ अर्ब खर्च हुने सरकारी अनुमान थियो । त्याे बेला सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार ४०.४ प्रतिशत अर्थात् जम्मा १६० वटा अस्पताल निर्माण प्रक्रियामा आएका छन् ।
सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।अहिलेसम्म करिब ६० प्रतिशत अस्पताल अझै प्रक्रियामा आएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार ४०.४ प्रतिशत अर्थात् जम्मा १६० वटा अस्पताल निर्माण प्रक्रियामा आएका छन् ।
अहिलेसम्म १२२ वटा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममा छ । ९० वटाको डिपिआर स्वीकृत भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म जम्मा ६६ वटा अस्पतालका लागि बजेट निकासा भइसकेको छ ।
अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको काम गर्न मन्त्रालयले सबै स्थानीय तहहरुलाई परिपत्र गरेको थियो । तर कतिपय स्थानीय तहले अझै जग्गा प्राप्त गर्न सकेका छैनन् । स्थानीय तहमा जग्गा विवाद, अस्पताल कहाँ बनाउने भन्ने स्थानको विवादका कारणले अस्पतालहरूको निर्माणमा ढिलाइ भएको मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्