सुशील श्रेष्ठ अभिनित एक्शन जनराको नेपाली फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक गरिएको छ।
सोमबार छठ पर्वको अवसरमा सार्वजनिक टिजरमा देखिए अनुसार  श्रेष्ठलाई दमदार एक्सन अवतारमा देख्न सकिन्छ ।

भ्रष्टाचार, बेथिती, अन्याय र अत्याचारको विरोध गर्दै युवाले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश हो भन्ने आकलन समेत गर्न सकिन्छ ।

एक्सन ड्रामा ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएपछि अहिले एक्शन स्टारको उदय भइसकेको बिभिन्न व्यक्तीहरुले उल्लेख गरिरहेका छन् ।
यस अघि पनि बबाल एक्शन अवतारमा बनेको फिल्म Outlaw Dafa 219 को पनि एक्शनका लागि निकै प्रसंसा गरिएको थियो ।

श्री श्रेष्ठको एक्सन निर्देशनमा देखाइएको फिल्म ‘परिवर्तन’ एक्शनका विषयमा निकै प्रसंसा भइरहेको छ।
अभिनेता श्रेष्ठ यस विषयमा भन्छन् “हिरोले पाएको उपनाममा संगै अभिनय गर्ने फाइटरहरुको पनि निकै महत्वपुर्ण भूमिका हुन्छ । मलाई एक्शन स्टार होइन कलाकार भन्दिए हुन्छ।”

टिजर सार्वजनिक पछि फिल्मका निर्माता तथा कथाकार दीपक शिवाकोटीले लगायत टोलीले नै बोल्दै ‘अबको परिवर्तन युवाबाटै सम्भव भएको देखाउने प्रयासमा फिल्म बनेको बताए ।

विजय केरुङ निर्देशित फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्की लगायत कलाकारको अभिनय हेर्न पाइने छ ।
शिवम अधिकारीको पटकथा लेखनमा बनेको फिल्ममा एसडी योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।

‘परिवर्तन’ ९ माघदेखि प्रदर्शन तयारीमा रहेको जनाइएको छ ।

राजेश गरिब
थप जानकारी