रोशन दिप – राजु शाह राजेन्द्र को निर्देशन रहेको फिल्म ‘जाँड’ को च्यारिटी सो हेटौडामा गरिने भएको छ ।
हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा साउन २४ गते शनिवार च्यारिटी सो आयोजना गरेर नेपाली मुवी जाँड देखाइने भएको हो ।
मुस्लिम युवा समाज हेटौडाले आयोजना गरेको च्यारिटी सोमा दिनको ठिक १२ बजे देखी मुवी देखाइने भएको हो ।
अत्याधिक जाँड रक्सी मदिरापान सेवन गर्दा त्यसले व्यक्तिगत र सामाजिक जिवनमा पर्ने असरहरू, चेलीबेटी बेच बिखनको विषय र घरमा छोरीको जन्म भएपछि गरिने भेदभाव जस्ता कुराहरुलाई मुवीमा उठान गर्न खोजीएको छ ।
पछिल्लो समयमा विभिन्न विकृतीहरु फैलिरहेको अवस्थामा समाजमा जनचेतना बढाएर जाग्रुप गर्नको लागि मुवी च्यारिटी सो आयोजना गरिएको र च्यारिटीबाट उठेको रकमको केहि प्रतिशत सामाजिक कार्यहरू लगाइने मुस्लिम युवा समाजका अध्यक्ष मोहम्मद सफिक मियाले जानकारी गराए ।
टिकट लिनको लागि संपर्क नम्बर ९८१०२९१४५४, ९८०६८१३७७३, ९८०७११८३१०, ९८४५४८८००० मा बुकिङ्ग गर्न सकिने छ भने टिकट शुल्क ३००, ६०० देखि १००० सम्म राखिएको छ ।
फिल्म जाँडलाई राजु शाह राजेन्द्रले निदेर्शन गरेका हुन् भने यस अघि पनि उनले नमस्ते नेपाल लगाएत थुप्रै फिल्मको निर्देशन गरिसकेका छन् ।
फिल्म जाँडलाई राजेन्द्र भट्टले निर्माण गरेका हुन् भने सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका सँगै मन्जु श्रेष्ठ, सुवास गजुरेल, लक्ष्मी तिमिल्सेना लगायतको भूमिका रहेको छ ।







































प्रतिक्रिया दिनुहोस्