हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना र श्यामप्रसाद स्मृती प्रतिष्ठान मकवानपुरको व्यवस्थापनमा यही आउदोे माघ १६ गते सहिद दिवसको अवसरमा जिल्लास्तरीय खुल्ला कविता प्रतियोगीता हुने भएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार ५ सय, द्वितीय हुनेलाई ५ हजार ५ सय, तृतीय हुनेलाई ३ हजार ५ सय र सान्त्वना दुई जनाले एक एक हजार पाउनेछन् ।

साहित्यलाई प्रवर्द्वन गर्ने र सहिदको सम्मान र भूमिका स्थापित गर्नका लागि आयोजना गरिएको वडा अध्यक्ष राखिएको वडा अध्यक्ष नविन सिग्देलले बताए ।

कार्यक्रममा जिल्लाभरका ईच्छुक व्यक्ति सहभागी हुन पाउने श्याम प्रसाद प्रतिष्ठान मकवानपुरका सचिव सुभाष खनालले बताए।
सहिद विषयमा र शीर्षक स्वच्छिक हुने खुल्ला कविता प्रतियोगीता पशुपती मन्दिर हेटौंडा ४ मा १६ गते बिहान ११ः ३० बजे शुरू हुने सचिव खनालले जानकारी दिए ।