निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको ‘के घर के डेरा घर नं २’ जेठ २ गतेदेखि प्रर्दशनको तयारीमा छ ।
निर्देशक खनालले दोस्रो संस्करण ‘के घर के डेरा घर नं २’ लिएर आएका छन् भने तीन वर्षअघि नै फिल्म ‘के घर के डेरा’ ल्याएका थिए ।
त्यस समयमा दर्शकलाई भनेजस्तो गरेर तान्न नसकेपनि समसामायिक कथा भएकाले हिम्मत गरेको अनुमान गर्न सकिन्छ ।
फिल्म‘के घर के डेरा घर नं २’ ’को ट्रेलर सार्वजनिक गरिएपछि निर्मार्ण टोली उत्साहित छन् भने प्रतिक्रिया राम्रै आइरहेको छ ।
……………………………………………………………………………………………………
हेटौंडामा हेर्न चाहनेहरुका NS cinemas, Narayani Mall Hetauda -4
लागि थप जानकारी लिन 057-520949
…………………………………………………………………………………………………
हामीले समाचार पोष्ट गर्दा सम्म 1,154,662 भ्युज गएको छ भने ३ मिनेट १९ सेकेण्ड लम्बाइको ट्रेलर अनुसार काठमाडौंमा घरभाडामा बस्ने र घरधनी विचको कथालाई प्रस्तुत गरिएको छ ।
छोरालाई घर जोगाउन बुवाले सल्लाह दिएको कसैलाई बैंकको ऋणले थिचेको अनि कोहीलाई घर खर्च धान्न परेको कठिन मिटर ब्याजको संकट देखाएको भन्न सकिन्छ ।
निर्माण पक्षको भनाइ अनुसार सुन्दर चलचित्र बनाएको दाबी छ ।
चलचित्र दर्शककै लागि बनाएकाले दर्शकहरु साथ पाउने विश्वास रहेको निर्माण टोली बताउँछन् ।
फिल्ममा हरिहर शर्मा,आर्यन सिग्देल, उपासना सिंह ठकुरी, केकी अधिकारी,निश्चल बस्नेत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, श्रृजना नापित, सज्जन श्रेष्ठ, गौरव विष्ट, शंकर आचार्य, रुविना घिमिरे (बाल कलाकार) लगायतको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा फिल्म निर्माण भएको हो भने नकिम उदिन, सरद श्रेष्ठ र किरण महर्जनको लगानीले लगानी युवराज कार्की कार्यकारी निर्माता रहेका छन्।
‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धिसागरले कथा लेखेका हुन् भने कृष्णबहादुर थापाको छायांकन रहेको छ ।


































प्रतिक्रिया दिनुहोस्