Rato Samachar
Wed, 7 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

विभिन्न मुद्दामा फरार पाँचजना पक्राउ

  • धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा विगत दुई वर्षदेखि फरार धनुषाको शहीदनगर नगरपालिका–३ यदुकुवा निवासी ६५ वर्षीया अमेरिका देवी पासवानलाई गरिएको छ । इलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट खटिएको प्रहरी टोलीले यदुकुवा बजारबाट पासवनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यस्तै अपहरण शरीर बन्धक तथा जबर्जस्तीकरणी मुद्दामा फरार धनुषाको धनौजी गाउँपालिका–४ निवासी १९ वर्षीय रोहित मण्डललाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट रु ५३ हजार जरिवाना सजाय पाएर फरार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ निवासी ५० वर्षीय मनोजकुमार सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको प्रहरीको भनाइ छ । बैंकिङ कसुर मुद्दामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी ३७ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार झालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । यसैगरी बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ निवासी ५४ वर्षीय काशिकान्त झालाई पक्राउ गरेको छ । प्रहरी चौकी बालुवा धनुषाबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद सजाय पाएर फरार झालाई जनकपुरधामस्थित आँखा अस्पताल नजिकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो । आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको प्रहरीको भनाइ छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा–१५ द्धारा दुई विद्यालयलाई विज्ञान सम्बन्धी शैक्षिक सामग्री हस्तान्तरण

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology