Rato Samachar
Thu, 8 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

वाणगङ्गा नदी कटानले बस्ती जोखिममा

कपिलवस्तुको वाणगङ्गा नदीको बाढीले विभिन्न स्थानमा कटान गर्दा जोखिम बढ्न थालेको छ । बर्सातमा आउने बाढीले नदी नियन्त्रण नगरिँदा बस्ती नै जोखिममा पर्दै गएको छ । जिल्लामा सबैभन्दा बढी बाढीले क्षति गर्ने सो नदीका दर्जन आसपास क्षेत्रमा बाढीको जोखिम रहने गरेको छ । नदीले जिल्लाको वाणगङ्गा, बुद्धभूमि, महाराजगञ्ज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाको खेतीयोग्य जमिन कटान गर्दै आएको छ । कजरहवा, पडरिया, सिङ्ग्रहा, हरदौना, करैलियालगायतका गाउँमा सो नदीमा आउने बाढीको उच्च जोखिममा रहेका छन् । नदी व्यवस्थापनका लागि पर्याप्त बजेटको अभावलगायतका समस्याले कटान नियन्त्रण हुन नसेको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बताउनुभयो । सबैभन्दा बढी सो नगरपालिकाको हरदौना जोखिममा छ । हरदौनाको केही स्थानमा तटबन्ध निर्माणका काम सुरु गरिएको भएतापनि निर्माण र बाढी नियन्त्रणको काम पूरा हुन सकेको छैन । यसै सातामा लगातार भएको वर्षाले हरदौनाको विभिन्न स्थानमा बाढीले कटान थालेको हो । सो गाउँको जग्गा कटान गरी नदी गाउँ पस्न अब केही मिटर मात्र बाँकी रहेको स्थानीय शैलेन्द्र चौधरीले बताउनुभयो । केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पटक–पटक अनुगमन गरेपनि काटानको बारेमा कुनै पहल नभएको चौधरीले बताउनुभयो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कटान नियन्त्रणको लागि पहल गरेको बताउनुभएको छ । कपिलवस्तुको खेतीयोग्य जमिन कटान गर्ने वाणगङ्गा नदीको तटबन्ध निर्माणका लागि बजेट उपलब्ध गराउन सफल भएको आचार्यले जानकारी दिनुभयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले वाणगङ्गा नदी कटान नियन्त्रणका लागि भारत सरकारसँग सम्झौता गर्नुभएको थियो । तत्कालीन सिँचाइ राज्यमन्त्री आचार्यले सो नदी नियन्त्रणबारे डिपिआर निर्माण गरी मन्त्रालयमा पेश गर्नुभएको थियो । वर्तमान सरकारले बजेट विनियोजन र तबन्ध निर्माण लगायतका कामका लागि बोलपत्र प्रक्रिया अघि बढाएको पूर्वमन्त्री आचार्यले बताउनुभयो । प्रदेशस्तरीय अस्पतालको काम सुरु भएन कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको एक वर्ष बित्दा पनि अझैसम्म काम सुरु हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि २०७८ असार ३० गते बोलपत्र प्रकाशित गरेको थियो । विविध कारण देखाएर भवन निर्माण कार्य अझैसम्म सुरु हुन नसक्नु दुःखद् भएको स्थानीय रहिस शाहले बताउनुभयो । प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटामा ल्याउन पहल गर्नुभएका प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले अब केही महिनामा अस्पतालको भवन निर्माण कार्य थालिने बताउनुभयो । केसीले भन्नुभयो, “सङ्घबाट बजेट निकासा भई प्रदेश स्वास्थ्य मन्त्रालयमा आएको छ, प्रदेश स्वास्थ्य मन्त्रालयले सहरी विकास कार्यालयलाई भवन निर्माणको लागि ठेक्का दिइसकेको छ ।” चन्द्रौटा हाटबजार नजिकैको पूर्वपट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको वन क्षेत्रमा पर्ने नौ बिघा जग्गामा अस्पताल बन्ने भएको छ । अस्पताल बनाउन रु दुई अर्ब लाग्नेछ । निर्माण अवधि दुई वर्षको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटा क्षेत्रमा निर्माण गर्ने जनाएको थियो । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लोकप्रिय



भर्खरै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology