डिभिजन वन कार्यालय मकवानपुरले वन डढेलो नियन्त्रण का लागि “वन डढेलो व्यवस्थापन सप्ताह” कार्यक्रम चलाएको छ ।

सप्ताह अन्तर्गत जिल्लाका विभिन्न वन क्षेत्रमा जनचेतनामूलक कार्यक्रम, जोखिम क्षेत्रको पहिचान, निगरानी संयन्त्रको सुदृढीकरण तथा स्थानीय समुदायसँग समन्वय बढाउने काम गरिएको जानकारी गराएको छ ।

डिभिजन वन मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि एक हप्तासम्म सञ्चालन गरिएको विशेष अभियानबारे मंगलबार पत्रकार सम्मलेन मार्फत बताइएको हो ।

कार्यक्रममा वन अधिकृत हेम कुमार पाठकले आफ्नो प्रस्तुती मार्फत वन डढेलो नियन्त्रणका लागि यस अघि गरिएका प्रयास बारे कामका विषयमा जानकारी दिए ।

यस वर्ष हालसम्म वन डढेलोका कारण ठूलो समस्या नदेखिएपनि विगतका वर्षहरूमा देखिएका चुनौतीहरूलाई मध्यनजर गर्दै यस वर्ष प्रारम्भिक चरणमै
हुन सक्ने घटना रोक्न वन डढेलो नियन्त्रणका लागि सचेतना र पूर्वतयारीका कामहरू प्रभावकारी रूपमा अगाडि बढाइएको पाठकले बताएका हुन्।