Rato Samachar
Wed, 3 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार साहित्य

लीलाध्वज थापा साहित्य पुरस्कार शर्मालाई

लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रा गोपीकृष्ण शर्मालाई लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शिक्षण पेशाका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लामो समयदेखि योगदान गरेवापत शर्मालाई उपन्यासकार लीलाध्वज थापाको १०२औँ जन्मजयन्तीको अवसरमा रु २५ हजार राशिद्वारा पुरस्कृत गरिएको हो । पुरस्कृत शर्माले करिब चार दशकदेखि नेपाली भाषा तथा साहित्यमा योगदान दिनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले उपन्यास, नाटक, कथा, कविता सिर्जना गरी समाजलाई चेतनशील बनाउन स्व थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सोही प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले थापाका कृतिलाई संरक्षण गर्नका लागि केही कृति प्रज्ञा प्रतिष्ठानले प्रकाशनका साथै बिक्री वितरण गरेको जानकारी दिनुभयो । बीके पाल्पलीले लेख्नुभएको ‘लीलाध्वज थापा’ जीवनी काव्य, सरिता केसीले लेख्नुभएको ‘विजयध्वज थापा व्यक्ति र कृति’ साथै विजयध्वज थापाले लेख्नुभएको ‘रहस्य गहिरो छ’ मुक्तक संग्रहको लोकार्पण गरिएको कार्यक्रममा रेणुका भट्टराई तथा सरिता केसीलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । विसं २०१४ मा थापाको ‘मन’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो भने ‘शान्ति’ र ‘पूर्वस्मृति’ उहाँका चर्चित उपन्यास हुन् । उहाँका ‘अमर माया’ नाटक तथा बालसाहित्यतर्फ ‘दारी’ व्यङ्ग्य निबन्ध, खण्डकाव्यमा ‘सबैका लागि’ र ‘सधैँका लागि’ साथै कथा, कविता प्रकाशित छन् । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले विभिन्न साहित्यिक गतिविधि सञ्चालन गरिरहेको प्रतिष्ठानले नेपाली भाषा, साहित्य तथा बाङ्मयका क्षेत्रमा खोज अनुसन्धान गर्ने स्रष्टालाई समेत पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो ।।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता

फोहोर खोज चुनौतीमा कालिका टोल प्रथम

रातो समाचार संवाददाता

हंगामाबीच हराउँदै संसदीय गरिमा : हिजोको घटनाले उठायो गम्भीर प्रश्न

भान्सा नै औषधालय कार्यक्रम, दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण

रातो समाचार संवाददाता

चितवन रोभर–रेन्जर क्रिउ द्वारा मित्रता, भेटघाट तथा प्रशिक्षण क्याम्प

हेटौंडाको टोल विकासले विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाउने

रातो समाचार संवाददाता

बजेट भाषण : आर्थिक विकास, रोजगारी र समृद्धितर्फ नेपालको नयाँ कदम

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, उसुतर्फ मकवानपुरलाई काँश्य पदक दिलाउने युना एकल छात्रा

लोकप्रिय



भर्खरै

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

किङ कोब्रा (राजगोमन)सर्प उद्दारका क्रममा सर्पको टोकाईमा परेका राजेश थापाको हेटौंडा अस्पतालमा उपचार हुँदै

रातो समाचार संवाददाता

फोहोर खोज चुनौतीमा कालिका टोल प्रथम

रातो समाचार संवाददाता

हंगामाबीच हराउँदै संसदीय गरिमा : हिजोको घटनाले उठायो गम्भीर प्रश्न

भान्सा नै औषधालय कार्यक्रम, दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology