हेटौंडा/ बामगती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालको बिभिन्न गतिबिधिका क्रियाकलापका विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरमा आवद्ध व्यक्तीत्वहरुले सूचना माग गरेका छन् ।

(रास्वपा)  मकवानपुर संगठन विभाग प्रमुख विशाल राज महत सहितको टोलीले सामुहिक रुपमा सूचनाको हक प्रयोग गर्दै पत्र सहित सामुहिक रुपमा सुचना माग गरेका हुन् ।

१० बुँदागत  रुपमा संगठन विभाग प्रमुख महत सहित संगठन विभाग सदस्य कृष्ण श्रेष्ठ, विष्णुहरी न्यौपाने, बागमती प्रदेश आर.ए.टी. महेन्द्र श्रेष्ठ, हेटौंडा उपसभापति हरि बहादुर कुँवर, हेटौंडा ४ का सभापति रामहरी प्रसाई, हेटौंडा ८ का सभापति सुवाश दाहाल लगायतका टोलीले सूचना उपलब्ध गराउनका लागि सहजिकरण गरिदिन आग्रह गर्दै हस्ताक्षर सहितको पत्र बुझाइएका छन् ।

नेपालको संविधान को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार अस्पतालको सुचना अधिकारी राजिव झा र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई समेत सुचना माग पत्र बुझाएको संगठन विभाग प्रमुख महतले बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मतहतमा सञ्चालित हेटौंडा अस्पतालमा रहेको विषयमा नागरिकहरुको चासो रहेकाले सोही आधारमा सूचनाको हक बमोजिम दश वटा बुँदागत सूचना माग गरिएको महतले बताएका हुन् ।

बिभिन्न व्यक्तीहरुले अस्पतालको विषयमा आएको भनाइलाई मध्यनजर गर्दै आफुपनि नागरिक भएकै कारण प्रक्रिया अनुसारै सूचना माग गरिएको र सूचना प्राप्त गर्न साथ जनमानस सम्म जस्ताको त्यस्तै पुर्याइने उदेश्यमा सो काम गरिएको बताए ।

सोही क्रममा पत्र बुझाँउन  पुगेका महत सहित टोलीले भने “हामीले हक बमोजिम दश वटा बुँदागत सूचना माग गरेका छौं ।सकारात्मक पक्षका लागि हामी अघि सरेका छौं । यसमा तत्काल चासो हुने विश्वास लिएका छौं ।”

१- कोभिड अवदिमा फोरेन्टाइन सन्चालन गर्दा कर्मचारी आवास, खानाको व्यवस्थापनको प्रक्रिया खर्च विवरण ।

२- (ct scan, MRI) लगायत खरिद गरिएका सम्पुर्ण उपकरण, खरिद गरिएको कम्पनी, औषधिको खरिद मुल्य सहितका विवरण ।

३- सर्जिकल सप्लायर्सको छनौटको प्रक्रिया, खरिद गरिएको सामानको कम्पनी खरिद गरिएको मुल्य सहितको विवरण ।

४- कोभिङको समयको कर्मचारीका लागि उपलब्ध गराइएको भत्ता रकमको विवरण

५- ल्याबको केमिकल खरिद प्रक्रियाको विस्तृत जानकारी

६- हेटौडा अस्पताल मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान द्वारा संचालित परचायत लगानीको विस्तृत विवरण

७- हेटौडा अस्पतालको पुरानो भवन संरचना भत्काउदाको प्रक्रिया र यो समयमा निकालिएका सम्पुर्ण सामाग्रीको अवस्थाको सम्पुर्ण विवरण

८- हेटौडा अस्पतालमा भएका बार्षिक गतिविधिमा रकम बेरुजु भएमा सोको विवरण ९- हेटौडा अस्पताल व्यवस्थापन समिति मातहातमा स्वचालित बैंक खाता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चलाएको भएमा कुन शीर्षक द्वारा चलाइएको छ सो को विस्तृत विवरण

१०- अर्धपेटिक अप्रेसनमा प्रयोग हुने सम्पुर्ण उपकरण र उपचार पद्धतिमा प्रयोग गरिने (स्टील रड) लगायत सम्पूर्ण स्वास्थ्य सामाग्री खरिद विवरण

 

रातो समाचार संवाददाता
थप जानकारी