हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि बिहीबार प्रधानमन्त्रीको शपथ लिने भएका छन् । रास्वपाले भावि प्रधानमन्त्रीको रुपमा छनोट गरेका वरिष्ठ नेता बालेनले भोलि मध्यान १२ बजेको समया प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेद्वारी बनेका बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई करिब ५० हजारको मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी बनेर विजयी हासिल गरेका बालेनको त्यो समयदेखि चर्चा चलिएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने दावी गर्दै गर्दा उनको भनाईको अन्तय गर्दै बालेनले इतिहास रचेका छन् ।























प्रतिक्रिया दिनुहोस्