Rato Samachar
Wed, 30 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

‘राससको भिडियोमा दूरदराजका आवाज गुञ्जियोस्’

काठमाडौँ, २ साउन (रासस) : सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति, राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामा वृद्धि गरेको छ । राससले यही साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । राससको समाचार सेवामा विविधीकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको हो । विसं २०१८ मा स्थापना भएको राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउनेछ । नेपालमा सञ्चालनमा रहेका टेलिभिजन च्यानलसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोधबमोजिम सञ्चालन गरिएको सो सेवाका सामग्री रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गरिएको छ । राससले श्रव्यदृश्य सञ्चालनका निम्ति ‘श्रव्यदृश्य सेवा सञ्चालन निर्देशिका–२०७९’ तयार गरेको छ । निर्देशिका अनुसार राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायाङ्कन गरी खासगरी टेलिभिजन र अनलाइन सञ्चार माध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य (भिजुअल) सामग्री उपलब्ध गराउने छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधीकरण गर्ने सन्दर्भमा श्रव्यदृश्य सेवा सुरु गरिएको जानकारी दिनुभयो । “हाम्रा सेवा देशभित्र र देश बाहिरका सञ्चारमाध्यमले समेत उपयोग गर्दै आइरहेका छन् । समय र प्रविधिको विकाससँगै हामीले हाम्रा सेवाहरूलाई पनि परिस्कृत गर्दै लैजानुपर्छ । आफ्ना सेवालाई विस्तार गर्दै लैजाने क्रममा स्थापनाको छ दशकपछि भिडियो सेवा सुरु गरेका छौँ”, अध्यक्ष झाले भन्नुभयो । उहाँले सो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क हुने जानकारी दिनुभयो । राससले नेपालमा मात्रै नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले समयको मागसँगै रासस सेवालाई छिटोछरितो र मल्टिमिडियायुक्त बनाउनुपर्ने सुझाव दिनुभयो । नेपालका सञ्चारमाध्यम समाचारका लागि राससमै भर पर्नुपर्ने गरी आफूलाई विकसित गर्दै लैजान पनि सचिव अर्यालको सुझाव छ । सो सेवामा प्राविधिक कार्यका लागि रासस र फिल्म क्रिउ नेपाल प्रालीबीच हालै सम्झौता भएको हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सम्पादकीय क्षमता वृद्धि गर्ने गरी राससले भिडियो सेवा दिनुपर्नेमा जोड दिनुभयो । राससले सरकारका विषय र जनताका चाहना दुवैलाई प्रभावकारीरूपमा सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले भिडियो सामग्री सङ्कलन, सम्पादन, वितरण, बजार प्रवद्र्धन र एजेण्डा सेटिङसम्मको लक्ष्य निर्धारण गरेर राससले उक्त सेवा सञ्चालनलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । आमसञ्चारका विज्ञ तपानाथ शुक्लले राससले भिडियो सेवालाई सहरमुखी नभई गाउँ केन्द्रित खोजमूलक विषवस्तुमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले राससको भिडियो सेवामा सार्वभौम मुलुकको दृष्टिकोणसहितका कथाहरू सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । राससप्रति मुलुकका सञ्चारमाध्यम भरपर्नुपर्ने वा राससको समाचारलाई विश्वसनीय स्रोत मानेर जान सक्नेगरी आफूलाई प्रविधिसँगै परिस्कृत गर्दै लैजानुपर्ने सञ्चार मन्त्रालयको सुझाव छ । राससका पूर्वप्रमुख समाचारदाता तथा वरिष्ठ पत्रकार भैरव रिसालले राससले सरकारका साथै जनताको आवाज बोल्नसक्ने हुनुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राससको भिडियो सेवा मुलुककै लागि सुखद् विषय भएको बताउनुभयो । नियमित प्रसारणमा करिब एकसय श्रव्य दृश्य संस्था छन् । आजदेखि सुरु भएको उक्त सेवाले ती संस्थालाई थप मद्दत पुग्ने राससको विश्वास छ । समितिले आफ्नो समाचार सेवा बिहान ६ बजेदेखि राति ११ बजेसम्म निरन्तर उपलब्ध गराउँदै आएको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पिटीआई), एशोशिएट प्रेस (एपी), एशोशिएट फ्रान्स प्रेस (एएफपी) र सिह्वा समाचार समितिका समाचार तथा फोटो सेवा उपलब्ध गराउने रासस एकमात्र आधिकारिक समाचार समिति हो । समितिले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, विभिन्न प्रकारका अनलाइन सेवा प्रदायक संस्था, बिबिसी नेपाली सेवा, सरकारी तथा गैरसरकारी संस्थालाई समेत समाचार सेवा उपलब्ध गराउँदै आएको छ । राससले ६१ वर्षदेखि लगातार समाचार उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले भिडियो सेवा सञ्चालन गरेर राससले आफ्नो विश्वासनीयता अझै बलियो बनाएको बताउनुभयो भने अर्का पूर्वमहाप्रबन्धक जयशङ्कर महतोले राससको भिडियो सेवामा दूरदराजका आवाजविहीनको आवाज झल्किनुपर्ने सुझाव दिनुभयो । पूर्वमहाप्रबन्धक ओपेन्द्र शर्माले विज्ञान र प्रविधिको विकासँगै राससले भिडियो सेवा गर्नु सेवाग्राहीका निम्ति खुसीको खबर भएको बताउँदै सो भिडियो सेवालाई प्रभावकारी बनाउने गरी विषयवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । बाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकाटाले राससले भिडियो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउँदै सातै प्रदेशको छुट्टाछुट्टै युनिटका रुपमा मुलुकका महत्वपूर्ण घटना र समाचारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । नेपाल प्रेस इन्स्टिच्युटका महासचिव लक्ष्मण उप्रेतीले राससको भिडियो सेवालाई प्रविधिसँग जोडेर खोजमूलक पत्रकारितामा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । राससका नायबमहाप्रबन्धक तथा श्रव्यदृश्य शाखा प्रमुख राजु शाक्यले देशभित्र र बाहिरका सञ्चार माध्यमलाई मुलुकका महत्वपूर्ण घटना र विषयवस्तुसँग सम्बन्धित श्रव्यदृश्य समाचार सेवा उपलब्ध गराउने लक्ष्यअनुरुप भिडियो सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा विशिष्ट व्यक्तिको सम्बोधन, महत्वपूर्ण गतिनिधि र घटनाका बारेमा प्रत्येक्ष प्रसारण गर्ने योजना रहेकोसमेत जानकारी दिनुभयो । समितिको श्रव्यदृश्य सेवाले सङ्घीय, प्रदेश र स्थानीय सरकारका सरोकार हुने शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, कृषि, साहित्य र संस्कृतिका क्षेत्रलाई प्राथमिकतामा राखी समाचार उत्पादनमा जोड दिनुपर्ने सञ्चार विज्ञहरुको सुझाव छ । विसं २०५२ मा राससले नेपालगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट समाचारसँगै भिडियो सामग्री नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो । भिडियो सेवालाई प्रविधि सम्पन्न बनाउन नसक्दा उक्त सेवा बन्द भएको थियो । नेपालको पहिलो समाचार समिति निजी क्षेत्रबाट २०१६ पुस १ गते स्थापित ‘नेपाल संवाद समिति’ (नेसस) हो । नेसस) का संस्थापकहरु पत्रकार गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धरको पहलमा नेपालमा पहिलोपटक समाचार समितिको स्थापना गरिएको थियो । दोस्रो समाचार समिति पनि निजी क्षेत्रबाटै २०१७ वैशाख ३० गते स्थापित ‘सगरमाथा संवाद समिति’ (ससस) हो । निजी क्षेत्रका यी दुई समाचार समितिलाई गाभेर सरकारी सञ्चार माध्यमका रुपमा २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) स्थापना भएको हो । राष्ट्रिय संवाद समितिलाई २०२८ सालदेखि राष्ट्रिय समाचार समिति (रासस) भन्न थालिएको हो । राससले २०१८ फागुन ७ गतेदेखि निरन्तर नेपाली भाषामा समाचार दिँदै आएको छ । विसं २०५२ वैशाख १ गतेदेखि राससले आलेख (फिचर) सेवा सुरु गरेको हो । राससका प्रशासन प्रमुख शीतलप्रसाद महतोका अनुसार राससले अहिले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म १०० भन्दाबढी नेपाली भाषाका समाचार सम्प्रेषण हुने गरेको छ । पहिले बिहान, मध्याह्न, अपराह्न, साँझ र रात्रि गरी दिनमा पाँच पटक र पछि एक–एक घण्टाको अन्तरमा बुलेटिन सेवा दिँदै आएको राससले अहिले समाचार प्राप्त हुनासाथै दिने गरी अनलाइन सेवा सञ्चालन गर्दै आएको छ । राससले २०१९ माघ ३ गतेदेखि अन्तर्राष्ट्रिय समाचार सेवा सुरु गरेको थियो । खासगरी राससले एएफपी, एपी, सिन्हवा, क्यादो, पिटिआइ र यानहापसँग समाचार आदानप्रदानको सम्झौता गरको छ । त्यसैगरी राससले २०२० सालदेखि अङ्ग्रेजी समाचार सेवा, २०५५ सालदेखि आलेख सेवा र २०६६ सालदेखि अडियो सेवा उपलब्ध गराउँदै आएको छ । विसं २०५६ देखि लामो समयसम्म विदेशी समाचार समितिका तस्विर मात्रै दिँदै आएको राससले २०६४ बाट नियमितरुपमा स्वदेशी तस्विर पनि सम्प्रेषण गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology