नेपाल मानव अधिकार संगठन, मकवानपुरको सभापतिमा सर्मिला श्रेष्ठ चयन भएकी छन्।
शनिबार मकवानपुरद्धाराआयोजित छैठौँ वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेसनमा श्रेष्ठको नेतृत्वमा उप सभापति राजबाबु पहाडी सचिवमा सुवास चन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ सर्वसम्मत चयन भएका हुन्।

त्यस्तैगरि सदस्यमा अपेक्षा बस्नेत,श्रद्धा ढुङ्गाना,राजेश गरिब, बिमला नेपाली इन्दिरा लुइटेल र तेजकुमारी थापा रहेका छन् ।

कार्यक्रममा निर्वाचन समितिको संयोजक कृष्ण प्रसाद दाहाल, सदस्यमा बिजेन्द्र अग्रवाल र अधिवक्ता रमा चौँलागाई रहेका थिए ।

निर्वाचित कार्यसमितिले कृष्ण प्रसाद दाहाल, बास्देव श्रेष्ठ, विजय बैद्य र बिजेन्द्र अग्रवाललाई सल्लाकारमा चयन गरिएको छ ।

संगठनको नेतृत्वमा रहेर काम गरिरहदा सधै मानव अधिकारका निम्ति काम गरिरहेको स्मरण गर्दै अबको कार्यकालमा मानवकै हक हितमा बिधान अनुसार काम गर्नुपर्ने अप्सरा बस्नेतले बताईन् ।

शनिबार आयोजित छैठौँ वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेसनमा बोल्दै आफुले सभापतिको भुमिकामा रहेर काम गर्दा अग्रज व्यक्तीहरु, सहकर्मी राजनितिज्ञ, बिभिन्न संगठनमा आवद्ध व्यक्तीहरु, संचारकर्मी लगायतको साथ पाएको बस्नेतले बताईन् ।

३ वर्षे कार्यकालमा गरेका कामहरुको जानकारी दिदै उनले भनिन् “सबैको साथ पाएँ । अब म निवर्तमान हुदै छु । अबको कार्य समितीले मानव अधिकारककालागि इमान्दार भएर काम गर्नुहुने छ भन्ने मलाई विश्वास छ । सबैलाई शुभकामना ।”

सभापति अप्सरा बस्नेतको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा  केन्द्रिय अध्यक्ष महामुनेश्वरको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, संस्थापक अध्यक्ष कृष्ण प्रसाद दाहालको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सल्लाहाकार विजय कुमार बैद्य, सि आइ सि प्रदेश प्रमुख रघुनाथ खराल, (डि. एल. ए.) अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, (ए. आइ. ६७) समुह संयोजक हेमन्त ढुङ्गेल नारी संरक्षण केन्द्र संयोजक दिपा गुरुङ्ग लगायत अधिकारकर्मी निवर्तमान पदाअधिकारीहरुको सहभागीता रहेको थियो ।