प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराउनु भएको थियो । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राख्नुभएको थियो ।
यो समाचार गोरखापत्र बाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्