मकवानपुर जिल्लामा माघ महिनामा २ हजार ७ सय १९ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । एक हजार चार सय २७ जना महिला र एक हजार ३ सय ७२ जना पुरुषले परिचयपत्र नम्बर प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र शाखाका कम्प्यूटर अपरेटर सगुन पुडासैनी जानकारी दिनुभयो ।

उहाँका अनुसार परिचयपत्र नम्बर हराएर कार्यालय आउनेको संख्या बढेको छ । माघ २९ गतेदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कलसेन्टर सेवा उपलब्ध गराएको र कलसेन्टर मार्फत समस्या वा गुनासो राख्न सक्ने र सम्पर्कबाटै विभिन्न सेवा तत्काल उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।
फागुन महिनाको २२ गतेसम्म २ हजार ५३ जनाले परिचयपत्र नम्बर लिएको उहाँले बताउनुभयो । त्यस्तै मकवानपुरबाट माघ महिनामा राहदानी प्राप्त गर्नेको संख्या १ हजार ८ सय ६१ रहेको जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाका नायब सुब्बा गणेश नेपालीले बताउनुभयो । माघ महिनामा ९ सय ११ महिला, ९ सय ३२ पुरुष र १६ जना बालकले राहदानी लिएको नेपालीले बताउनु भयो । उहाँका अनुसार पछिल्लो समय राहदानी लिनेको भिड लाग्ने गरेको छ ।

माघ महिनामा मकवानपुरमा नागरिकता लिनेको संख्या १ हजार २ सय ६२ जना रहेका छन् । सूचना प्रविधि शाखाका कम्प्यूटर अपरेटर अमित कुमार कर्णका अनुसार माघ महिनामा ५ सय ९९ जनाले पुरुष र ६ सय ६२ जना महिलाले नागरिकता लिएका छन् । यस्तै माघ महिनामा एक जनाले बैबाहिक अंगीकृत नागरिकता प्राप्त गरेका छन् ।