मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ सैय्याको पृथ्वीचन्द अस्पताल भवनको शिलान्यास गरिएको छ ।
भीमफेदी–५ र ६ वडाका १५ जना ज्येष्ठ नागरिकद्धारा संयुक्तरुपमा बिहीबाअस्पताल भवनको शिलान्यास गरिएको हो ।
टेन्डर प्रक्रियाबाट अस्पताल भवन मिनि ट्रमा सेन्टरको विकास गर्ने उद्देश्यसहित करिब १२ करोडको लागतमा अस्पताल भवन निर्माण गर्न लागिएको भीमफेदी गाउँपालिकाल अध्यक्ष हिदम लामाले बताए ।
अस्पतालको आवश्यकता रहेको र संघीय सरकार र भीमफेदी गाउँपालिकाको लगानीमा स्थापना हुन लागेको अस्पतालले आउदो दिनमा भीमफेदी र इन्द्रसरोबारका नागरिकलाई स्वास्थ्य उपचारमा सहज हुने बताए ।
निर्माण हने अस्पतालको भवन भूकम्प प्रतिरोधि, बालमैत्री, अपाङ्गमैत्री भवनमा प्रयोगशाला, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवा उपलब्ध हुनेगरि लिफ्ट सहित स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार कै सेवा, सुविधा हुने अध्यक्ष लामाले बताए ।
गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भागवती पुडासैनीको विशेष अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।























प्रतिक्रिया दिनुहोस्