पालुङटार नगरपालिका १ खोप्लाङस्थित भुलभुलेखारको अध्ययन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. भूपती न्यौपाने र डा बिनोद बानियाँले अध्ययन थाल्नुभएको हो । ‘यसको मुख्य उद्देश्य मानव स्वास्थ्यका लागि कति खतरा छ भन्ने कुरा पत्ता लगाउनु हो,’ डा. न्यौपानेले भन्नुभयो । ‘यसले स्थानीय पर्यटन प्रवद्र्धन गर्न कति मद्दत गर्न सक्ला भन्ने कुराको अध्ययन पनि हामी गर्छौंं’ उहाँले बताउनुभयो ।
तातोपानी कसरी निस्केको छ ? कति तातो छ ?, तातो पानीमा के के रसायन छन् ? बारेमा अध्ययन हुने उहाँहरुको भनाई छ । पानीको मुहान, नजिकै रहेको खोल्सा र तल रहेको खारखोलाको पानीको चेकजाँच गरिएको छ । ‘अन्यत्रको तुलनामा त्यहाँको पानी कति फरक छ त्यसको सतह र गहिराइमा तातोको मात्रा कति फरक छ भनेर हामीले अध्ययन गर्छौं,’ डां देवकोटाले भन्नुभयो, ‘अहिले त यो प्रारम्भिक अध्ययन मात्र हो ।’
शुक्रबार गोरखा आउनुभएका उहाँहरुले शनिवारसम्म सोही ठाउँमा बसेर अध्ययन गर्नुभएको हो । अध्ययनको प्रारम्भिक विवरणअनुसार उक्त पानीको ३०–३५ डिग्रि सेल्सियस तातो रहेको उहाँले बताउनुभयो । ‘पहिलेको तुलनामा पानीको मुहान सुकेको, भूकम्प पछि पानीको मुहान नै परिर्वतन भएको रहेछ । फरक फरक ठाउँबाट पानी आएको छ,’ उहाँले भन्नुभयोे । तातोपानी मुहान नजिकै खेतिपाती गर्दा प्रयोग गरिएको रसायनिक मल र किटनाशक औषधीको प्रयोगले पनि तातोपानीको मात्रा घटेको उहाँको बुझाई छ ।
‘हामी रिसर्च फिल्डका मान्छे हौं, देशभर विभिन्नखालका अध्ययनहरु गरिरहेका छौं,’ डा. पाण्डेले भन्नुभयो, ‘त्यहाँ झन आफ्नो ठाउँ भयो पहिले पढ्दैदेखि केही गरौं भन्ने लागेको थियो । बल्ल अहिले मौका मिल्यो ।’ हाल पाटन सयुक्त क्याम्पसमा प्राध्यापन गर्नुहुने उहाँहरु दुबै पालुङटार निवासी हुनुहुन्छ । डा. न्यौपाने भुगर्भविद् र डा. पाण्डे वातरणविद् हुनुहुन्छ ।
यो समाचार गोरखापत्र बाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्