रोशन दिप – जिल्लास्तरीय राष्ट्रपति रनिङ प्रतियोगिताबाट बागमती प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनका लागी छनोट भएका खेलाडीहरुका बन्द प्रशिक्षण सुरु गरिएको छ ।

चितवनमा फागुन २१ गतेबाट प्रतियोगीता सञ्चालन हुन लागेको हो । मकवानपुरमा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो । बन्द प्रशिक्षणमा ९८ जना खेलाडी सहभागी छन् । बन्द प्रशिक्षण पश्चात २ जना प्रशिक्षकको नेतृत्वमा ९८ खेलाडी, १५ अफिसियल गरी ११५ जनाको टोली चितवन प्रस्थान गर्नेछन् ।

मकवानपुरे खेलाडीलाई पहिलाको वर्ष प्रतियोगितामा जानु अगावै राखेको बन्द प्रशिक्षणका कारण बागमती प्रदेशमै तेस्रो स्थानमा पर्न बल पुगेको खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले बताए । उनले आइतबारबाट सुरु भएको बन्द प्रशिक्षण एकहप्ता चल्ने जानकारी दिँदै यस वर्ष पहिलाको भन्दा राम्रो नतिजा आउने कुरामा आफु विश्वस्त रहेको बताए ।

हेटौडा स्कूल अफ म्यानेजमण्टका प्रिन्सीपल पुरणबहादुर जोशीले बागमती प्रदेशमै उत्कृष्ट नतिजा ल्याउनका लागि मन्तव्य मार्फत हौसला प्रदान गरे । मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, सितोरियो कराते संघका अध्यक्ष दीपक लामा, एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डे, लगायतले मन्तव्य मार्फत शुभकामना व्यक्त गरे ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरमा सोमबार आयोजना गरिएको एक कार्यक्रममा हेटौडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले खेलाडी र खेलक्षेत्रका लागी उपमहानगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगको लागी आफु तत्पर रहेको बताइन् ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले जानकारी दिए अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि हेटौडा उपमहानगरपालिकाले नगद ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सम्पुर्ण जानकारी लिन तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/www.ratosamachar/videos/1122607335607285/