रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटारको रंगशालामा जारी प्रथम अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा कोशी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफमको ४औँ मिनेटमा कोशी प्रदेशका तर्फबाट निखील तामाङले पहिलो गोल र १५औँ मिनेटमा अभिषेक विकले दोस्रो गोल गर्दै आफ्नो टिमलाई २-० को अग्रतामा पुर्‍याय भने एता सुदुरपश्चिम प्रदेशका तर्फबाट कुनै गोल हुन सकेन । त्यसैगरि दोस्रो हाफको निर्धारीत समय सम्म पनि जवाफमा कुनै गोल फर्काउन नसकेको कारण सुदुरपश्चिम प्रदेशले हार व्यहोर्नु पर्‍यो ।

प्रतियोगिताको म्यान अफ द म्याच कोशी प्रदेशका तर्फबाट कोमल खवास घोषित भएका छन् ।

७ प्रदेशको सहभागिता रहेको प्रतियोगितामा ३ वटा प्रदेश प्रतियोगिताबाट बाहिरीएको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल बैशाख 2 गते हुनेछ ।