बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा प्रथम अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल प्रतियोगिता भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटारको रंगशालामा मङ्गलबार भएको पहिलो खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई २- ० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

त्यसैगरी सुदुर पश्चिम प्रदेश र गंडकी प्रदेश बिच भएको दोस्रो खेलको पहिलो हाफमा सुदुरपश्चिम प्रदेशले २ गोल गर्दै सुरुवाती अग्रता लियो भने दोस्रो हाफमा गंडकी प्रदेशले जवाफमा २ गोल फर्काउँदै खेललाई बराबरीमा पुर्यायो । त्यसपछि खेल टाइब्रेकरमा धकेलीए पछि टाइब्रेकरमा सुदुरपश्चिमले गंडकीलाई ३- १ गोल अन्तरले पराजित गर्दै विजयी भयो ।