Rato Samachar
Tue, 6 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

‘पूँजीगत खर्च राम्रो भएन’

  • नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पूँजीगत खर्चको अवस्था राम्रो हुन नसकेको बताउनुभएको छ । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएशन नेपालले आज आयोजना गरेको ‘पूँजीगत खर्च : राष्ट्रिय अर्थतन्त्रमा प्रभाव’ विषयमा कार्यक्रममा उहाँले विगतदेखि नै देशमा पूँजीगत खर्चको अवस्था राम्रो हुन नसकेको बताउनुभयो । “पूँजीगत खर्चको अवस्था कमजोर बन्दै गएको छ, आर्थिक वृद्धिका कारणले पनि अहिले असर गरिरहेको छ”, पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पाण्डेले भन्नुभयो, “वर्तमान सरकार चालु खर्च बढाउनेतर्फ लाग्नु हुँदैन ।” पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले व्यापार घाटा निरन्तर बढ्दै गएको उल्लेख गर्दै २५ प्रतिशत सरकारको र ७५ प्रतिशत लगानी निजी क्षेत्रको हुने अवस्था चित्त बुझ्दो नभएको बताउनुभयो । नेपालको राजश्व र बैंकिङ प्रणाली राम्रो रहेको बताउँदै उहाँले सन् २०२२ मा आएर अर्थतन्त्रमा बढी प्रभाव परेको तथा विश्वमा सन् २०२४ सम्म नै आर्थिक सङ्कट पर्ने दाबी गर्नुभयो । अर्थतन्त्रका जानकार डा सूर्यमान आचार्यले अरू राष्ट्रको नक्कल गरेर बनाएको परियोजना सफल हुन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले नेपालका स्रोत र क्षमतामा अन्तर हुँदा नेपाल सोचेअनुरुप आर्थिक विकास हुन नसकेको धारणा राख्नुभयो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजना निर्माण गर्दा पर्याप्त तयारी नै नहुने गरेको र सबै बजेट असारमा गएर केन्द्रित हुँदा विकासमा निर्माणमा समस्या देखिएको बताउनुभयो । एसोसिएशनका अध्यक्ष डा सुरज लामिछानेले नेपालमा पूँजीगत खर्चको स्थिति कमजोर बन्दै गएको भन्ने आम कुरा आएपछि वास्तविकता बाहिर ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा–१५ द्धारा दुई विद्यालयलाई विज्ञान सम्बन्धी शैक्षिक सामग्री हस्तान्तरण

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology