Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पशुमा बाँझोपनको समस्या

कैलालीका पशुपालक किसान पशुमा बाँझोपनको समस्या देखिन थालेपछि समस्यामा परेका छन् । कैलालीमा अधिकांश किसान गाई, भैँसी तथा बाख्रामा बाँझोपनको समस्या देखिन थालेको बताउँछन् । पशुमा बाँझोपनको समस्या देखिन थालेपछि किसानलाई पशुपालनबाट घाटा हुन थालेको छ । कैलालीको लम्कीचुहाकी मातुली भूलले गाई र बाख्रा पाल्नुभएको छ । उहाँको गाईमा पटक–पटक बाली जाने तर गर्भाधारण नहुने समस्या छ । लामो समयसम्म गाई ब्याउने (गर्भाधारण) नभएपछि उहाँ तनावमा हुनहुन्छ । “गाई धेरैपटक बाली गएको छ, तर गर्भधारण गर्न सकेको छैन, भैँसी भए बेच्न हुन्थ्यो, बाख्रा भए पनि काटेर मासु खान सकिन्थ्यो”, मातुलीले भन्नुभयो, “गाई के गर्नु ? दूध नदिने गाई कसैले किन्ने कुरा पनि भएन, पाल्नमात्र दुःख भएको छ ।” जानकी गाउँपालिकाका बालकृष्ण सार्कीले घरमा बाख्रा, भैँसी पाल्नुभएको छ । उहाँको घरमा पालेको भैँसीमा लामो समयसम्म बाँझोपनको समस्या देखियो । उपचारपछि भैँसी ब्याएको उहाँ बताउनुहुन्छ । “लामो समयसम्म भैँसीमा बाँझोपनको समस्या देखियो, रु एक लाखमा किनेको भैँसीमा बाँझोपनको समस्या देखिएपछि साह्रै पीर प¥यो”, उहाँले भन्नुभयो, “पछि पशु प्राविधिकको सल्लाह लिएँ, पशु प्राविधिकले उपचार गरेपछि भैँसी अहिले ब्याएको छ ।” जानकी–५ की जुनादेवी रावतले बाख्रा पाल्नुभएको छ । उहाँले पाल्नुभएको बाख्रा ब्याउने नभएपछि उहाँले बाख्रा बेच्नुभयो । उहाँले फेरि अर्को बाख्रा किन्नुभयो । अहिले भने उहाँले बाख्राको नियमित उपचार, पोषण र सरसफाइमा ध्यान दिनुहुन्छ । त्यसले बाख्रा पनि राम्रो छ र उहाँलाई पनि पशुमा पनि बाँझोपनको समस्या हुनसक्छ भन्ने ज्ञान भएको छ । “बाख्रामा बाँझोपनको समस्या हुने रहेछ भन्ने थाहा थिएन, अहिले बुझेकी छु, बाख्रालाई नियमित उपचार गर्छु, जुकाको औषधि खुवाउँछु”, जुनादेवीले भन्नुभयो, “बाख्रालाई बढी पोषण चाहिने रहेछ, घाँसमात्र खुवाएर हुने रहेनछ, दाना, पानीबारे पनि ध्यान दिनुपर्ने रहेछ ।” पशुमा देखिने विभिन्न किसिमका यौनजन्य रोग र पशुको पोषणमा ध्यान नदिँदा बाँझोपनको समस्या हुने गरेको टीकापुर नगरपालिकाका पशु सेवा शाखा प्रमुख श्यामराज पाण्डे बताउनुहुन्छ । “पशुहरूमा विभिन्न किसिमका विकृत यौनजन्य रोग हुनसक्छन्, यी रोगले बाँझोपनको समस्या हुन्छ, यी रोगको उपचार गर्नुपर्छ”, पाण्डे भन्नुहुन्छ, “पशुलाई पोषिलो खानेकुरा पनि चाहिन्छ, पोषणमा ध्यान दिएको पाइँदैन, घाँसको सिजनमा घाँसमात्र खुवाउने, परालको सिजनमा परालमात्र खुवाउनेजस्ता समस्या छन्, दाना खुवाउने किसान निकै कम छन् ।” पशु प्राविधिक पाण्डे उन्नत पशुमा बढी बाँझोपनको समस्या देखिने भएकाले नियमित गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने बताउनुहुन्छ । “नियमिति उपचारमा पनि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “आजभोलि दैनिक दुईदेखि चार जनासम्म किसान बाँझोपनको समस्या लिएर पशु सेवा शाखामा आउने गरेका छन्, उपचारमा आएका ८० प्रतिशत पशुको बाँझोपनको समस्या निराकरण भएको छ ।” उहाँ किसानको लापरवाहीले २० प्रतिशत पशुमा बाँझोपनको समस्या रहेको बताउनुहुन्छ । पशुलाई पेटभर खान, सोतरमा सुत्न र नियमितरूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेकाले किसानले पशुपालनबारे ज्ञान लिन आवश्यक रहेको उहाँको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology