Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

नवलपुरमा उठ्यो रु २४ अर्ब राजस्व

आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो । सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८÷७९ मा रु २४ अर्ब ११ करोड १२ लाख एक हजार राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म रु २४ अर्ब ५२ करोड ६४ लाख २३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयले राजस्व सङ्कलनमा ९८ दशमलब ३१ प्रतिशत प्रगति हासिल गरेको जनाइएको छ । कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकबाट असुली गरेको छ । अन्तःशुल्कबाट रु २३ अर्ब चार करोड ७२ लाख लाख २७ हजार राजस्व सङ्कलन भएको छ । यस शीर्षकमा लक्ष्यभन्दा १ दशमलब ७० प्रतिशत कम राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । कार्यालयले अन्तःशुल्क शीर्षकमा रु २३ अर्ब ४४ करोड ६५ लाख २२ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको थियो । त्यसैगरी, कार्यालयले आय करतर्फ रु ६१ करोड ७३ लाख १८ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आय करतर्फ रु ५६ करोड ७९ लाख ८१ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको थियो । कार्यालयले आय करमा लक्ष्यभन्दा रु चार करोड ९३ लाख ३७ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ रु ४० करोड ९३ लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३४ करोड ८१ लाख ७६ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा रु छ करोड ११ लाख ४१ हजार कम राजस्व सङ्कलन गरेको हो । कार्यालयले लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसके पनि गत आव २०७८÷७९ मा सङ्कलन गरेको राजस्व अघिल्लो आव २०७७÷७८ मा भन्दा रु सात अर्बले बढी हो । कार्यालयले अघिल्लो आवमा रु १६ अर्ब ६१ करोड ५९ लाख ३७ हजार मात्रै राजस्व सङ्कलन गरेको थियो । पहिले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का करदाताहरुले चितवनको आन्तरिक राजस्व कार्यालय भरतपुरमा कर तिर्दै आएकामा अघिल्लो आर्थिक वर्षबाट जिल्लामै कर तिर्न पाएका हुन् । आर्थिक वर्ष २०७७÷७८ को साउन १ गतेदेखि नवलपुरको कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना भएपछि जिल्लाभित्रका सबै करदाताले यही कार्यालयमा राजस्व बुझाउँदै आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology