हेटौंडा । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएका सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार काठमाडौंको सिहंदरबारको अस्थायी सांसद भवनमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आफ्‌नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नका लागि पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधामन्त्रीका उम्मेद्वार बालेन्द्र शाह, (बालेन), रास्वापका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दहाल प्रचण्ड अन्य विभिन्न दलका नेताहरुलाई आफ्‌नो कार्यकालको जिम्मेवारी इमान्दारी पूर्वक निर्वाह गर्नका लागि प्रतिनिधि सभाका जेयष्ठ सदस्य अर्जुन सिंह केसीले शपथ ग्रहण गराएका हुन् । रास्वपाका वरिष्ठ नेता बालेनले भोलि शुक्रबार प्रधानमन्त्रीको शपथ पनि ग्रहण गर्नेछन् ।

रातो समाचार संवाददाता
थप जानकारी