Rato Samachar
Thu, 1 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

दूरावस्थामा राष्ट्रिय गौरवको आयोजना

दुई वर्षअघिको वर्षात्मा क्षतविक्षत बनेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–हटिया खण्ड झनझन दूरावस्थामा पुगेको छ । सालिन्दा खस्ने पहिराले सडक जीर्ण र बिरुप बनेको छ । मर्मत सुधारको कुनै गुञ्जायस छैन । राष्ट्रिय गौरवको आयोजना उल्टै थिलथिलो छ । जोखिम मोलेर सवारी चलाउनुपर्ने स्थिति छ । यात्रुलाई सास्ती छ । घमाउँदा तै बिसेक देखिए पनि झरी पर्दासाथ सडक बेहाल बन्ने गरेको गलकोटका जीप चालक प्रदीप सुनारले बताउनुभयो । “सडकमा जहीँतहीँ खाल्डाखुल्डी छन्, कालोपत्र उप्केर सडक पुरानै अवस्थामा फर्केको छ”, उहाँले भन्नुभयो, “वर्षायामको यात्रा जहिल्यै कष्टपूर्ण हुन्छ, सडक बनाउनेतिर कसैको ध्यान गएको देखिन्न ।” २० किमी दूरीको उक्त खण्ड कालोपत्र भएको छ वर्ष नबित्दै जीर्ण बनेको हो । संरक्षण नहुँदा सडकका अरु पूर्वाधार पनि मासिएका छन् । गेगर र झाडीले ढाकिएर नालीको नामोनिसान भेटिन्न । पर्खाल जीर्ण छन् । सडक छेउछाउका नयाँ–पुराना पहिराले सडकलाई साँघुरो पारेका छन् । गलकोट नगरपालिका १ र २ का कैयन ठाउँमा सडक भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा पहिराको उच्च जोखिम छ । तिनै ठाउँमा यसपालिको वर्षाले थप क्षति पु¥याएको छ । दुई वर्षअघि जम्दारेको घुम्तीमा सडक भासिएपछि केही समय ठूला सवारीको आउजाउ नै रोकिएको थियो । त्यो घुम्तीमा अहिले पनि जोखिम कायमै छ । भासिएको ठाउँमा ढुङ्गा माटो हालेर सामान्य मर्मत मात्र गरिएको छ । ठाउँपिच्छेका पहिराले सडक साघुरिँदै गएपछि सवारीले निर्वाध हँुइकिन पाएका छैनन् । त्यसले गन्तव्यसम्मको यात्रालाई पनि लम्बाइदिने गरेको छ । गलकोट–१ का अध्यक्ष लालबहादुर रानाले कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रन सुरु भएको बताउनुभयो । अधिक वर्षा हुँदा सडकमा छिटो क्षति पुग्ने गरेको उहाँको भनाइ छ । “गत जेठ २५ र २६ गतेको वर्षापछि त्यही खण्डमा ठूल्ठूला पहिरा गए, सडक मात्र नभएर व्यक्तिका घरगोठमा पनि क्षति पुग्यो”, वडाध्यक्ष रानाले भन्नुभयो, “नाली पुरिने, पहिराको व्यवस्थापन नहुनेजस्ता कारणले पनि सडक बिग्रने गरेको छ ।” लोकमार्ग आयोजना कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सडक सुधार नभएको उहाँले बताउनुभयो । “सडक धेरै नै बिग्रिसकेकाले टालटुले कामले अब हुँदैन, पुनःनिर्माण नै गर्नुपर्ने अवस्था छ”, वडाध्यक्ष रानाले भन्नुभयो, “आयोजना व्यवस्थापनले गम्भीरता देखाएर काम गर्नपर्छ, नत्र गौरवको आयोजना कै बदनाम हुने स्थिति छ ।” वर्षायाममा खसेका पहिरा पन्छाएर सडक सुचारु गर्ने गरिए पनि दीर्घकालीन रुपमा सडक सुरक्षाको काम हुन सकेको छैन । लोकमार्गको रेखदेख र मर्मतसुधारमा आयोजना कार्यालयले नै अनदेखा गरिरहेको स्थानीयको गुनासो छ । नालीसम्म सफाइ हुन सके पनि समस्या केही कम हुने देखिन्छ । केन्द्रीय आयोजना भएको हुँदा स्थानीय तह लोकमार्गप्रति उदासिन छन् । सामान्य मर्मतसम्भारका काम पनि आयोजनालाई देखाएर पन्छिने प्रवृत्ति छ । लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर ठाकुर भण्डारीले ठेक्का सम्झौता भइसकेकाले आउँदो असोजदेखि मर्मतसुधार थालिने बताउनुभयो । “खाल्डाखुल्डी पुर्ने, ग्याबिन, मेसिनरी पर्खाल र नालीको काम हुन्छ”, उहाँले भन्नुभयो, “बर्सात सकिएपछि निर्माण कम्पनीस्थलमा खटिन्छ, अहिले सामान्य ममर्त र सफाइको काम आयोजना कार्यालयबाटै भइरहेको छ ।” सडक पुनःनिर्माण नै गर्ने भनेर केन्द्रमा पठाइएको रु ४० करोडको लागत योजना सदर नभएपछि रु २० करोडमा मर्मत सुधारका लागि ठेक्का भएको उहाँको भनाइ छ । “सडक बिजोग नै छ, पुनःनिर्माण नै गर्नुपर्ने अवस्था देखिन्छ, तर तत्काललाई बृहत् मर्मतसुधारले पनि धेरै सहजता ल्याउँछ”, इन्जिनियर भण्डारीले भन्नुभयो, “आउँदो हिउँदमा हर हालतमा काम हुन्छ, ढिलासुस्ती हुन दिँदैनाँै ।” त्यस खण्डमा सुरुदेखि नै पहिराले सडक बिगारेको आयोजना कार्यालयले जनाएको छ । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले पनि सडक भासिने, पहिरा जानेजस्ता समस्या निम्तने गरेको छ । लोकमार्गले जिल्लामा १४२ किमी दूरी समेट्छ । घोडाबाँधे–हटिया खण्ड सबैभन्दा सुरुमा कालोपत्र भएको थियो । सदरमुकामदेखि घोडाबाँधे जोड्ने २५ किमी सडक भने अझै पूरा कालोपत्र हुन सकेको छैन । तल्लो खण्डको उपल्ला चौरदेखि खहरेसम्म पाँच किमी र उपल्लोको बिहुँ खण्डमा छ किमी मात्र कालोपत्र छ । निर्माण कम्पनीको ढिलासुस्ती र मनपरिका कारण ठेक्का लगाएको वर्षौंसम्म पनि सडक कालोपत्र हुन नसकेको हो । लोकमार्गको पश्चिम खण्ड हटियादेखि बुर्तिबाङ हुँदै पूर्वी रुकुमको सीमासम्मै कालोपत्र भइसकेको छ । सदरमुकामतर्फ जोड्ने सडक भने मार्ग खुलेको २५ वर्ष बित्न लाग्दासमेत उस्तै हालमा छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology