हेटौंडा । नेपाल सरकारले साना निजी मिडिया हाउसहरुले सरकारी कार्यालयबाट पाउने गरेको सूचना तथा विज्ञापन नपाउने नियम लागू गरेपछि नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन पछि निर्वाचित दुई तिहाई सरकारले पहिलो प्रहारै मिडिया माथि गरेको धारणा राखेकी छिन् ।

बिहीबार आफ्‌नो फेसबुकको स्टाटसमार्फत दुइ तिहाई सरकारको पहिलो प्रहार मिडिया माथी भएको र प्रेस तथा अभिव्यक्ति स्वतंत्रता माथी अंकुश लगाउने मनसाय देखिएको धारणा राखेकी हुन् ।

केन्द्रीय अध्यक्ष शर्माले आफूहरुसँग सामान्य छलफल पनि नगरिकन निजी सञ्चार माध्यममाथि सरकारी विज्ञापन रोकेर प्रहार गरेको उनले बताइन् ।

उनका अनुसार यस्ता निर्णयले लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अंकुश लगाउने षड्यंत्र गरिएको बताउँदै– उनले भनिन्,,नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ ।

निजी सञ्चार माध्यमहरूको लोकतन्त्र ल्याउनका लागी ठुलो भुमिका छ र थियो ! ! सरकारी यो निर्णय सच्याउनु जरुरी छ ! यो निर्णय विरुद्ध महासंघले देशव्यापी रुपमा आन्दोलन गर्छ ! यसको नेपाल पत्रकार महासंघले घोर भत्र्सना गर्छ !

रातो समाचार संवाददाता
थप जानकारी