Rato Samachar
Mon, 5 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

दमक औद्योगिक पार्कका पीडितद्वारा पुनः मुआब्जा निर्धारण गर्न माग

  • करिब दुई हजार २०० बिघा जग्गामा चीन सरकारको सहयोगमा निर्माण सुरु गरिएको दमक औद्योगिक पार्कका मुआब्जा पीडितको एक समूहले मुआब्जा पुनः निर्धारण गरिदिन माग गरेका छन् । पार्क अधिग्रहणका क्रममा ती क्षेत्रका केही जग्गाधनीले आफ्नो अर्बौं रुपैयाँको जग्गाको मुआब्जा कौडीको भाउमा दिन नसक्ने बताउँदै सरकारका अधिकारीसँग उचित पुनः मुआब्जाको व्यवस्था गरिदिन माग गरेका हुन् । सरकारी मुआब्जा मूल्याङ्कन समितिले स्थानीय जग्गादातालाई समावेश नै नगरी र जग्गादाताको सुझावको सुनुवाइ नगरी हचुवाको भरमा जग्गाको मूल्य निर्धारण गरिएपछि पार्क मुआब्जा विवादित हुँदै आएको छ । मुआब्जा कतिपयले लिँदै आएका र कतिपयले भने सन्तोषजनक नभएको भन्दै विरोध गरिआएका छन् । चीन सरकारको वान बेल्ट वान रोड परियोजनाअन्तर्गत बन्ने भनिएको नेपाल चीन मैत्रीपार्क निर्माणमा आफ्नो कुनै विरोध नभएको तर जग्गाको सरकारी मूल्याङ्कनले त्यहाँका कयौँ सर्वसाधारणको उठिबास हुने अवस्था आएकाले मुआब्जा निर्धारण पुनः मूल्याङ्कन गरिनुपर्ने पीडितद्वारा गठित सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्रबहादुर भट्टराईले बताउनुभयो । मुआब्जाको विषयलाई वैज्ञानिक तरिकाले सम्बोधन नगरे पीडित अदालतको ढोकासम्म जान सक्ने उहाँले चेतावनी दिनुभयो । उक्त सङ्घर्ष समितिले मुआब्जा निर्धारण पुनः गर्न माग राख्दै स्थानीय तहमा यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । उहाँका अनुसार उक्त सङ्घर्ष समितिको एक प्रतिनिधिमण्डलले काठमाडौँ पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाडलाई ज्ञापनपत्र बुझाएको छ । यसैगरी सङ्घर्ष समितिको टोलीले नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्मा, उद्योग सचिव अर्जुनप्रसाद पोख्रेललगायतलाई समेत आफ्ना माग सुनुवाइ गरिदिन आग्रह गरेको टोलीमा संलग्न झापा क्षेत्र नं ५ की कांग्रेसकी सङ्घीय सांसद महेन्द्रकुमारी लिम्बूले बताउनुभयो । सङ्घर्ष समितिले दमक औद्योगिक पार्कको स्थानीय समिति सरोकारपक्षलाई समावेश नगरी एकपक्षीय ढङ्गले निर्माण गरिएकाले त्यसलाई भङ्ग गरी सर्वपक्षीय पार्क व्यवस्थापन समिति गठन गर्नुपर्ने, पार्कमा हासम्मको खर्च र आगामी बजेटसम्मको विषय अविलम्ब सार्वजनिक गर्नुपर्नेसमेत ज्ञापनपत्रमा उल्लेख छ । दमकको शैक्षिक पूर्वाधार विकासमा रु २१ करोड सहयोग दमक नगरपालिकाको शैक्षिक पूर्वाधारको विकासमा सङ्घीय सरकारले रु २१ करोड बढी सहयोग उपलब्ध गराउने भएको छ । काठमाडौँ डेलिकेशनका क्रममा नगरपालिकाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाणसहितलाई भेटेर दमकको दमक बहुमुखी क्याम्पस, हिमालय माध्यमिक विद्यालय र ढुकुरपानी माध्यमिक विद्यालयको शैक्षिक पूर्वाधार विकासमा बजेट सुनिश्चितता गरिएको नगर प्रमुख रामकुमार थापाले बताउनुभयो । विश्व बैँकको लगानीमा छ किमी सडक बन्ने त्यसैगरी विश्व बैंकको लगानीमा सहरी विकास मन्त्रालयद्वारा पूर्वाधार विकासको कार्यक्रम समेत स्वीकृत भएको छ । दमकका पूर्व प्रधानपञ्च स्व धनबहादुर श्रेष्ठको घरदेखि पश्चिमतर्फ सङ्गम चौक हँुदै ताराबारी डिपुचोक जाने करिब छ किलोमिटरको बाटो विश्व बैंकको लगानीमा बन्ने भएको छ । उक्त बाटो ५० फुट चौडाइको हुने छ भने त्यसका निम्तिबीच–बीचमा चाहिने पुल तथा कल्र्भट, सडक बत्तीका साथै दुवैतर्फ साइकलको लेनसमेत निर्माण हुनेछ । त्यसका लागि विश्व बैंकले रु ५८ करोड लगानी स्वीकृत दिएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology