बागमती प्रदेशको राजधानी हेटौँडा स्थित ४ कर्रामा तेक्वन्दो कवडहलको उद्घाटन गरिएको छ ।

निमार्ण कार्य सम्पन्न भएसंगै कवडहलको हेटौंडा उप महानगरपालिकाका मेयर हरिबहादुर महतद्धारा सोमबार उद्घाटन
गरिएको हो ।

कभर्ड हलमा तालिम सेन्टरसहित महिला र पुरुषका लागि छुट्टाछुट्टै पोशाक पहिरन कोठा र शौचालय समेत रहेको छ ।

२०६७ माघबाट सुरु गरिएको कभर्ड हलको उद्घाटन गर्दै हेटौंडामा ५ बर्षको अवधिमा धेरै खेलकुदको संरचना निर्माणको काम भएको मेयर महतले बताए ।

कभर्ड हलले आउदा दिनमा मकवानपुर लगायत देशभरीका तेक्वान्दो खेलाडीहरुलाई सहज हुने बताए।

बागमती प्रदेश सरकारबाट ९ लाख रुपैया हेटौंडा उपमहानगरपालिकाबाट ४५ लाख, विभिन्न व्यक्ति तथा संघ संस्थाबाट करिब ९ लाख रुपैयाँ सहयोग प्राप्त भएको कवडहल निमार्णकालागि करिब ६३ लाखको लगानीमा रहेको तेक्वान्दो संघ मकवानपुर अध्यक्ष लालकाजीरत्न बज्राचार्यले बताए ।

२०४५ सालदेखि खेलक्षेत्रमा लागेर बिभिन्न स्थानमा उत्कृष्ट खेलाडी हुँदै लण्डनमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल समेत प्राप्त गरेका बज्राचार्य २०७८ श्रावण ३० गते शनिबार मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्षमा चयन भएका  कवडहल निर्माण समितिको समेत अध्यक्ष  बज्राचार्यले  कभर्ड हल निर्माणले गर्मीको ‘घाम वर्षाको पानीमा तेक्वान्दोका खेलाडीलाई खेलको अभ्यास गर्न अबको समयमा सहज हुने बताए।

सबैको साथ र सहयोगका कारण निमार्ण कार्यमा सफलभएको र नेपालमा सबैभन्दा स्तरिय र सुबिधायुक्त कवड हल भएकाले अब तेक्वन्दो खेलले फड्को मार्ने बज्राचार्यले बताए ।

कार्यक्रममा मकवानपुरका सुरक्षाकर्मी प्रमुख हेटौँडा वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, तेक्वान्दो संघका बागमती प्रदेश अध्यक्ष केशव पुरी, केन्द्रीय सदस्यहरु मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्की, कार्यालय प्रमुख राजन दाहाल खुसराज लगायतको आतिथ्यता रहेको थियो ।