Rato Samachar
Wed, 30 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ मा गएको भूकम्पबाट उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । भूकम्प गएको आठ वर्षसम्म पनि सो मन्दिर पुनःनिर्माण हुनसकेको छैन । आवश्यक निर्माण सामग्रीको जोहो गर्न नसक्दा मन्दिर पुनःनिर्माण अझै अन्योलमै छ । पुनःनिर्माणमा १०० भन्दा बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा त्यसको अभावमा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “इँटाको आकार र प्रकार पुरानो शैलीअनुरुप नमिलेपछि काम अघि बढाउन ढिलाइ भइरहेको छ ।” समय घर्किँदै जाँदा मन्दिर जीर्ण बन्दै गएको उहाँको भनाइ छ । मन्दिर जीर्णाेद्धारले मात्रै नपुग्ने अध्यक्ष प्रधान बताउनुहुन्छ । सो मन्दिर मर्मत सुधार र संरक्षण गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रु २० लाख उपलब्ध गराएको सङ्घका सचिव रवि दर्शनधारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला मन्दिर जीर्णाेद्धार गरेमात्रै पुग्छ भन्ने लागेको थियो, अब पुनःनिर्माण नै गर्नुपर्ने अवस्था छ ।” मन्दिर पुनःनिर्माणमा प्राविधिक सहयोग काठमाडौँ भ्याली प्रिजर्भेशनको रहने इञ्जीनियर प्रणाम होराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शिखरशैलीमा रहेको यस मन्दिरको सबै बुर्जामुनिको काठ मक्किएको छ, सबैजसो इँटा फेर्नुपर्ने अवस्था छ ।” आवश्यक सामग्री तयार नभएसम्म मन्दिर पुनःनिर्माण गर्न नसकिने होरा बताउनुहुन्छ । मन्दिर पुनःनिर्माणका लागि गत वर्ष पुस २९ गते क्षमापूजा गरिएको थियो । मन्दिर भत्काएपछि त्यहाँका सबै सामग्री पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमा राख्ने तयारी छ । इँटाको नमूना झिकेर नयाँ बनाउन दिइएको छ । यसअघि उक्त मन्दिरमा १०८ थरिका इँटा प्रयोग गरिएको पाइएको छ । नरसिंह मन्दिरको महिमा हरेक वर्ष कात्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरी प्रदर्शनसमेत गर्ने गरिन्छ । लामो नाट्य महोत्सवका रूपमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो ‘नृसिंह’ भगवान्मा आधारित नृत्यको थालनी गर्नुभएको बताइन्छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology