रोशन दिप – मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता माध्यमिक विद्यालयमा छैठौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८० को तयारी पूरा भइसकेको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । फागुन १ गते देखि उद्घाटन खेल हुनेछ जसमा राईट लेन एजुकेसन बागमती युथ क्लब सर्लाही र मच्छिन्द्र क्लब काठमाडौं बिच प्रतिस्पर्धा हुनेछ ।

उपाधी विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । १० टोली सहभागी रहेको प्रतियोगिताको फागुन १० गतेका दिन फाइनल खेल हुनेछ ।